विमानस्थल तोडफोड गरेको भन्दै सांसद साह विरुद्ध प्रहरीमा उजुरी « Khabarhub

विमानस्थल तोडफोड गरेको भन्दै सांसद साह विरुद्ध प्रहरीमा उजुरी


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुर विमानस्थलमा तोडफोडमा उत्रिएका प्रतिनिधिसभा सदस्य प्रमोद कुमार साह विरुद्ध प्रहरीको उजुरी परेको छ ।
सोमबार साहले जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।

साहले विमानस्थलमा तोडफोड गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुर कार्यालयले मंगलबार जिल्ला प्रहरी कार्यालय धनुसामा उजुरी दर्ता गराएको हो ।

विमानस्थल कार्यालयमा तोडफोड तथा बाधा अवरोध सृजना गरेको भन्दै गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत उनीमाथि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साहले जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १२ : ३३ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई