वर्षामा भत्किएका रोल्पाका ग्रमीण सडक बनेनन्, जनतालाई सास्ती « Khabarhub

वर्षामा भत्किएका रोल्पाका ग्रमीण सडक बनेनन्, जनतालाई सास्ती


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एल बि मगर

रोल्पा– वर्षातका कारण भत्किएका रोल्पाका ग्रामीण सडकहरु नबन्दा सर्वसाधारणले सास्ती पाएका छन् ।

पानी पर्न छोडेपनि सडकहरु मर्मत हुन नसक्दा दशैं मनाउन गाउँ आएका सर्बसाधारणहरुले सास्ती खेप्नु परेको छ ।

रोजगारीका लागि जिल्ला र नेपाल बाहिर गएका रोल्पालिहरु आफ्नै गाउँ घरसम्म गाडीमा जान नपाउँदा घन्टऔको बाटो पैदल हिड्न बाध्य भएका थिए । दशैं सकिएर फर्किदासमेत सडकहरु नबन्दा उनीहरु आक्रोशित बनेका छन् ।

स्थानीय लाल बहादुर खत्रीले गाउँ गाउँमा आएको सिंहदरबारले जनताका आधारभुत समस्याका बारेमा चासो नदिनु र गम्भीर नबन्नु दु:खद रहेको बताए ।

वर्षातका कारण रोल्पाका प्रमुख बजारहरु जोड्ने सडक, रोल्पाको सहिदमार्ग सङ्ग जोडिएका र आसपासमा रहेका अधिकांश कच्ची सडकहरु अबरुद्ध छन् । बिगतका वर्षहरुमा दशै अगाडिनै अबरुद्ध सडक खुलाउने गरिएको भएपनि यस बर्ष भने सडक खुलाउन तर्फ स्थानीय निकायले चासो देखाएन ।

दशै अगाडि अबरुद्ध सडक खुलाउन तर्फ सदरमुकाममा रहेको रोल्पा नगरपालिका र नगरपालिका सङग जोडिएका केही स्थानीय निकायले काम गरेको भएपनि धेरै जसो स्थानीय निकायले त्यस तर्फ चासो दिएका छैनन् ।

गत साउन महिनामा सम्पन्न भएको गाउँ सभा बाटनै अधिकांश स्थानीय निकायले स्थानीय सडक मर्मत सम्भारका लागि बजेट बिनियोजन गरिसकेको भएपनी कार्यान्वयन तर्फ ढिला सुस्ती हुँदा सडक बन्न सकेनन् ।

यसका बारेमा जिज्ञासा राख्दा सबै गाउँपालिकाको एउतै जबाफ छ – अब छिट्टै अबरुद्ध सडक खुलाउ छौ । चाडपर्वमा सबै ब्यस्त भयौं काम गर्न पाइएन ढिला भयो ।

अबरुद्ध ग्रामीण सडक पूर्ण रूपमा नखुल्दा सडकमा नियमित रूपमा चल्ने सार्बजनिक यातायातका साधनहरु समेत सन्चालन नहुँदा नागरिकहरु महँगो भाडा तिरेर गाडी रिजर्भ गरेर गाउँ जान बाध्य भएका छन् ।

रोल्पाका दस वटा स्थानीय तहका प्रायजसो सबै ठुला गाउँ बस्तिमा मोटर बाटोको ट्रयाक खुलिसकेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १ : ३४ बजे

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई

रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या

शंकर पोखरेल भन्छन् : एमाले हरेक धक्काबाट उठेको छ, फेरि पनि उठ्नेछ

सुर्खेत- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव

भरतपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक

विष्णु पौडेलको बचाउमा विशेषमा बहस : मालपानीको गाडी जसले चढ्यो, उसलाई पहिले पक्राउ गरौँ

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका