चलेन प्रियंकाको ‘द स्काइ इज पिंक’, घाटा लाग्यो ‘भारत’ छोडेर « Khabarhub

चलेन प्रियंकाको ‘द स्काइ इज पिंक’, घाटा लाग्यो ‘भारत’ छोडेर


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडाको फिल्म ‘द स्काइ इज पिंक’ ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन । झण्डै ५० करोडको लागतमा बनेको यो फिल्मले तीन दिनमा केवल १० करोड रुपैयाँको व्यापार गरेको छ ।

भारतीय मिडियाका अनुसार फिल्मले पहिलो दिन २.५० करोड, दोस्रो दिन ४ करोड र तेस्रो दिन ४ करोड २० लाख रुपैयाँ व्यापार गरेको छ । मध्यम बजेटमा बनेको यो फिल्मको प्रदर्शन निराशाजनक रह्यो ।

पछिल्लो समय प्रियंका चोपडा हलिउडमा नै व्यस्त छिन् । उनलाई सलमान खानको फिल्म ‘भारत’ बाट अफर आएको थियो । तर, उनले उक्त फिल्म गरिनन् । ‘द स्काइ इज पिंक’ एक हिसाबले प्रियंकाका लागि कमब्याक फिल्म थियो ।

सलमान खानले कैयन् पटक प्रियंकाका विरुद्ध बोलेका थिए । यही कारण सलमानका फ्यानले प्रियंकाको फिल्म नहेरेको धेरैले अनुमान गरेका छन् । लामो समयपछि पर्दामा आएकी प्रियंकाको यो फिल्म नचल्दा उनको क्रेज सकिएको पनि कतिले मूल्याङ्कन गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ३ : २३ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै