खबरहबसँग पूर्वयुवराज पारसले भने– मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्दा के को लाज ? « Khabarhub

खबरहबसँग पूर्वयुवराज पारसले भने– मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्दा के को लाज ?


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् ।

खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे ,‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’

आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु ।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरे । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने,‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’

पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताए । ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’

पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताए । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ ।
‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

सोनिका पारस सम्बन्ध

केही दिनयता पूर्वयुवराज पारस शाह र सोनिकाबीचको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पोखरामा खिचिएको भनिएको भिडियोमा पारस बाइकमा बसेका छन् । उनले देशमा कुनै वादी नभएको र आफूलाई राजवादी नभन्न भनेको भिडियोमा सुन्न सकिन्छ । यसो भनिरहँदा पारसको मोटरसाइकलको पछाडि सोनिका आएर बस्छिन् र पासरले बाइक हुइँकाउँछन् ।

यो भिडियो एकाएक भाइरल भएसँगै सामाजिक सञ्जालमा पारस ट्रोल भइरहेका छन् ।

पारस ट्रोलको शिकार बन्नुको पछाडि उनका यसअघिका हर्कत हुन् । उनी थाइल्याण्डमा रहँदा थाइ महिलासँग जोडिएका थिए भने नेपालमा पनि उनका विभिन्न काण्डहरु सार्वजनिक भएका थिए ।

पछिल्लो चरण सोनिकासँगको प्रकरण बाहिरिएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनलाई ट्रोल गरिरहेका हुन् । सोनिकाले भने आफू र पारस तीन महिनादेखि नजिक रहेको प्रतिक्रिया स्वीकारेकी छिन् ।

खबरहबसँगको कुराकानीमा सोनिकाले पारस र आफ्नो सम्बन्ध एक अभिभावक जस्तै भएको प्रतिक्रिया दिएकी छिन् ।

यो पनि पढ्नुहोस्

पूर्वयुवराज पारसको युट्युबर सोनिकासँग हिमचिम: भन्छिन् – उहाँलाई कसैले गाली गर्दा मलाई दुख्छ

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ६ : ०५ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा