इनास अवार्डमा विपिन र स्वस्तिमा उत्कृष्ट, ‘बुलबुल’ बेस्ट फिल्म « Khabarhub

इनास अवार्डमा विपिन र स्वस्तिमा उत्कृष्ट, ‘बुलबुल’ बेस्ट फिल्म


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बुलबुल’ ले इनास अवार्डमा उत्कृष्ट चलचित्रको उपाधि हात पारेको छ । विदेशमा रहेका कलाकारहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) मा उक्त अवार्ड जितेको हो ।

सोमबार राजधानीमा भएको अवार्ड वितरण समारोहमा चलचित्र ‘बुलबुल’ ले उत्कृष्ट चलचित्रसहित ३ वटा विधामा उपाधि जित्यो भने चलचित्र ‘गोपी’ले बेस्ट जुरी अवार्ड जित्यो ।

‘बुलबुल’ बाट निर्देशक विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड जिते । यस्तै सोही चलचित्रबाट नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।

यस्तै चलचित्र ‘प्रसाद’ बाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । ११ विधामा अवार्ड वितरण गरिएको थियो ।

यस्तै चलचित्र ‘गोपी’ बाट निर्देशक दीपेन्द्र लामालाई र दीपाश्री निरौलालाई ‘छक्का पञ्जा ३’ बाट जुरी अवार्ड दिइयो । अवार्ड समारोहमा संगीत रञ्जित गजमेरलाई ‘लाइफटाइम एचिभमेन्ट’ प्रदान गरियो ।

यस्तो छ पूरा सूचीः

१. उत्कृष्ट चलचित्र

बुलबुल

२. उत्कृष्ट निर्देशक

विनोद पौडेल – बुलबुल

३. उत्कृष्ट अभिनेता

विपिन कार्की – प्रसाद

४. उत्कृष्ट अभिनेत्री

स्वस्तीमा खड्का – बुलबुल

५. उत्कृष्ट लेखन

सुशील पौडेल – प्रसाद

६. उत्कृष्ट सम्पादन

निमेष श्रेष्ठ – साइँली

७. उत्कृष्ट छायांकन

पुरुषोत्तम प्रधान – छक्का पञ्जा ३

८. संगीत

दिपक शर्मा – छक्का पञ्जा ३ – पहिलो नम्बरमा

९. गायन (पुरुष)

प्रताप दाश – रोज – फुल होइन काँडा

१०. गायन (महिला)

प्रविशा अधिकारी – रोज – फूल होइन काँडा

११. नृत्य निर्देशन

कविराज गहतराज – भैरे – सान्नानीलाई भेट्न

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ६ : १९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग