इनास अवार्डमा विपिन र स्वस्तिमा उत्कृष्ट, ‘बुलबुल’ बेस्ट फिल्म « Khabarhub

इनास अवार्डमा विपिन र स्वस्तिमा उत्कृष्ट, ‘बुलबुल’ बेस्ट फिल्म


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बुलबुल’ ले इनास अवार्डमा उत्कृष्ट चलचित्रको उपाधि हात पारेको छ । विदेशमा रहेका कलाकारहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) मा उक्त अवार्ड जितेको हो ।

सोमबार राजधानीमा भएको अवार्ड वितरण समारोहमा चलचित्र ‘बुलबुल’ ले उत्कृष्ट चलचित्रसहित ३ वटा विधामा उपाधि जित्यो भने चलचित्र ‘गोपी’ले बेस्ट जुरी अवार्ड जित्यो ।

‘बुलबुल’ बाट निर्देशक विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड जिते । यस्तै सोही चलचित्रबाट नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।

यस्तै चलचित्र ‘प्रसाद’ बाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । ११ विधामा अवार्ड वितरण गरिएको थियो ।

यस्तै चलचित्र ‘गोपी’ बाट निर्देशक दीपेन्द्र लामालाई र दीपाश्री निरौलालाई ‘छक्का पञ्जा ३’ बाट जुरी अवार्ड दिइयो । अवार्ड समारोहमा संगीत रञ्जित गजमेरलाई ‘लाइफटाइम एचिभमेन्ट’ प्रदान गरियो ।

यस्तो छ पूरा सूचीः

१. उत्कृष्ट चलचित्र

बुलबुल

२. उत्कृष्ट निर्देशक

विनोद पौडेल – बुलबुल

३. उत्कृष्ट अभिनेता

विपिन कार्की – प्रसाद

४. उत्कृष्ट अभिनेत्री

स्वस्तीमा खड्का – बुलबुल

५. उत्कृष्ट लेखन

सुशील पौडेल – प्रसाद

६. उत्कृष्ट सम्पादन

निमेष श्रेष्ठ – साइँली

७. उत्कृष्ट छायांकन

पुरुषोत्तम प्रधान – छक्का पञ्जा ३

८. संगीत

दिपक शर्मा – छक्का पञ्जा ३ – पहिलो नम्बरमा

९. गायन (पुरुष)

प्रताप दाश – रोज – फुल होइन काँडा

१०. गायन (महिला)

प्रविशा अधिकारी – रोज – फूल होइन काँडा

११. नृत्य निर्देशन

कविराज गहतराज – भैरे – सान्नानीलाई भेट्न

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ६ : १९ बजे

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार

टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर)

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

हाइफा– इजरायली फायर फाइटरहरूले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात्

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको