जनता देश समृद्ध भएको हेर्न चाहन्छन् : नेता रावल | Khabarhub Khabarhub

जनता देश समृद्ध भएको हेर्न चाहन्छन् : नेता रावल


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम स्थायी कमिटी सदस्य भीमबहादुर रावलले नेपाली जनताले देश समृद्ध भएको हेर्न चाहेको बताएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेशद्वारा मंगलबार धनगढीमा विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उनले देश समृद्विको दिशातर्फ अगाडि बढेको बताए ।

नेता रावलले नेपाल बहुधार्मिक, बहुभाषिक र बहुजातीय मुलुक भएकाले विभिन्न समुदाय तथा जातजातिले मनाउने जुनसुकै चाडपर्व हाम्रो सांस्कृतिक बगैँचाका फूलबारी जस्तै भएको र हामीले त्यसको संरक्षण गर्नुपर्ने उल्लेख गरे ।

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले हरेक समुदायले मनाउने गरेको चाडपर्वले समुदायबीच एक अर्काको एकताको भाव पैदा गर्ने भएकाले यी चाडपर्वको संरक्षण तथा सम्बद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले हरेक चाडपर्वमा विकृतिसमेत रहेकाले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो गाउँ, ठाउँ र प्रदेशलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सबै एकमत भएर अघि बढनुपर्ने बताएका थिए । सबै मिलेर अगाडि बढेमा मात्रै सुदूरपश्चिमको विकास गर्न सकिने उनको भनाइ थियो ।

नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभाका सभामुख, सङ्घीय सांसद, प्रदेश मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ७ : ०७ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ