आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कात्तिकमा « Khabarhub

आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कात्तिकमा


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी कात्तिक २६ देखि २८ गतेसम्म नेपालमा आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा आप्रवासी कामदारको मानवअधिकारको संरक्षण, रोजगारीको सुनिश्चितता, काम गर्ने वातावरणको बारेमा छलफल गर्न सम्मेलनको आयोजना गर्न लागिएको हो ।

सम्मेलनको तयारीबारे आज राष्ट्रिय मानवअधिकार आयोग पदाधिकारी र गृह मन्त्रालयका सचिव प्रेमकुमार राईबीच छलफल भएको छ । छलफलमा सम्मेलनका सहभागीहरुको सुरक्षा तथा प्रवेषाज्ञा प्रक्रियालगायत अन्य आवश्यक व्यवस्थापन सम्बन्धमा मन्त्रालयका सचिव राईलगायतको टोलीसँग कुरा भएको आयोगका निर्देशक मुरारीप्रसाद खरेलले जानकारी दिए ।

छलफलमा आयोगका सदस्य सुदीप पाठकले सम्मेलनमा सहभागी हुन आउने सम्पूर्ण विशिष्ट व्यक्तित्वहरुको सुरक्षा, प्रवेषाज्ञा प्रक्रियाका लागि आवश्यक व्यवस्था मिलाउन सचिव राईसँग आग्रह गरे। सो क्रममा गृहसचिव राईले सम्मेलनमा सहभागीहरुको सुरक्षा, प्रवेषाज्ञा प्रक्रिया सम्बन्धमा आवश्यक सहयोग गर्ने बताए ।

आयोगका सदस्य पाठकका अनुसार सम्मेलनमा विभिन्न देशका मानवअधिकारमा काम गर्ने राष्ट्रिय संस्थाको अन्तरराष्ट्रिय सङ्गठन ‘ग्लोबल एलाइन्स फर नेशनल ह्युमन राइट’ का अध्यक्ष, मानवअधिकार राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी निकायका प्रतिनिधिहरु, विज्ञ र नागरिक समाजका प्रतिनिधिसहित ३२ देशका ४५ जना विदेशी र नेपालका ४५ जनाको सहभागिता हुने जनाइएको छ ।

सम्मेलन यसअघि सन् २०१२ मा समेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ९ : ०३ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर