विमानस्थलमा तोडफोड गर्ने सांसद पक्राउको विरोधमा जनकपुरमा प्रदर्शन | Khabarhub Khabarhub

विमानस्थलमा तोडफोड गर्ने सांसद पक्राउको विरोधमा जनकपुरमा प्रदर्शन


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोद साहलाई पक्राउ गरेको विरोधमा जनपुरमा प्रदर्शन भएको छ ।

साहलाई पक्राउ गरेपछि राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताले जनकपुरमा टाइरबालेर प्रदर्शन गरेका छ्न।

सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि मंगलबार काठमाडौं विमानस्थलबाट प्रतिनिधिसभा सदस्य सांसद साहलाई प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका साहलाई प्रहरीले जहाजमार्फत् जनकपुर नै लगेको छ। आफ्नो पार्टीका सांसदलाई प्रहरीले पक्राउ गरेर जनकपुर ल्याएको थाहा पाएपछि नेता कार्यकर्ताहरु विरोधमा उत्रिएका छन्।

जनकपुर विमानस्थलमा तोडफोडपछि विमानस्थल प्रशासनले साहविरुद्ध प्रहरीमा किटाणी जाहेरी दिएको थियो। त्यसपछि प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएर पक्राउ गरेको हो।

उनीहरुले प्रहरी प्रशासन मुर्दावाद, सांसद साहलाई रिहा गर भन्दै नाराबाजी गरेका छन्। यसैबीच राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता प्रशान्त झाको अगुवाइमा जनकपुरको भानु चौकमा टाइर बालेर विरोध प्रदर्शन गरेका छन।

कार्यक्रममा राजपा नेपालका केन्द्रिय सदस्य संजय चौधरीले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन। उक्त कार्यक्रममा किशन साह, दिपक यादव, मनोज साहलगायत युवा नेताहरुको समेत उपस्थिति थियो।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ९ : ५८ बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल