विमानस्थलमा तोडफोड गर्ने सांसद पक्राउको विरोधमा जनकपुरमा प्रदर्शन « Khabarhub

विमानस्थलमा तोडफोड गर्ने सांसद पक्राउको विरोधमा जनकपुरमा प्रदर्शन


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोद साहलाई पक्राउ गरेको विरोधमा जनपुरमा प्रदर्शन भएको छ ।

साहलाई पक्राउ गरेपछि राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताले जनकपुरमा टाइरबालेर प्रदर्शन गरेका छ्न।

सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि मंगलबार काठमाडौं विमानस्थलबाट प्रतिनिधिसभा सदस्य सांसद साहलाई प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका साहलाई प्रहरीले जहाजमार्फत् जनकपुर नै लगेको छ। आफ्नो पार्टीका सांसदलाई प्रहरीले पक्राउ गरेर जनकपुर ल्याएको थाहा पाएपछि नेता कार्यकर्ताहरु विरोधमा उत्रिएका छन्।

जनकपुर विमानस्थलमा तोडफोडपछि विमानस्थल प्रशासनले साहविरुद्ध प्रहरीमा किटाणी जाहेरी दिएको थियो। त्यसपछि प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएर पक्राउ गरेको हो।

उनीहरुले प्रहरी प्रशासन मुर्दावाद, सांसद साहलाई रिहा गर भन्दै नाराबाजी गरेका छन्। यसैबीच राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता प्रशान्त झाको अगुवाइमा जनकपुरको भानु चौकमा टाइर बालेर विरोध प्रदर्शन गरेका छन।

कार्यक्रममा राजपा नेपालका केन्द्रिय सदस्य संजय चौधरीले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन। उक्त कार्यक्रममा किशन साह, दिपक यादव, मनोज साहलगायत युवा नेताहरुको समेत उपस्थिति थियो।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ९ : ५८ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई