समृद्ध नेपाल निर्माणमा सघाउन अवैतानिक वाणिज्यदूतहरूलाई राष्ट्रपतिको आग्रह « Khabarhub

समृद्ध नेपाल निर्माणमा सघाउन अवैतानिक वाणिज्यदूतहरूलाई राष्ट्रपतिको आग्रह


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा साकार पार्ने दिशामा हरसम्भव सहयोग उपलब्ध गराउन अवैतानिक वाणिज्यदूतहरूलाई आग्रह गरेकी छन् ।

नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसिएसी)को क्षेत्रीय सम्मेलन भाग लिन सहभागी अवैतनिक वाणिज्यदूतहरूसँग विहीबार अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको सामूहिक भेटमा उनले नेपालको प्रतिष्ठा वृद्धिमा वाणिज्यदूतहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी थिइन् ।

अवैतनिक वाणिज्यदूतहरू नेपालका विद्वत्वर्गमात्र नभएर नेपाल भ्रमण वर्ष २०२० का सद्भावनादूतसमेत भएकाले उक्त राष्ट्रिय महायज्ञलाई सफल पार्न अनुरोध गरिएको एचसीसीएनका डीन प्रदीपकुमार श्रेष्ठले बताए ।

राष्ट्रपतिले एचसीसीएनका सदस्यहरूको परिचय समेटेर प्रकाशन गरिएको ‘ह्याण्डबुक’ को विमोचन गरेकी थिइन्। डीन श्रेष्ठले एचसीसीएनका गतिविधिबारे जानकरी गराएका थिए ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ५ : ४२ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले समसामयिक र

पूर्वअमिरको निधनमा शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति कतार जाँदै, राष्ट्रपतिलाई गराए जानकारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका

पाकिस्तानमा भारी वर्षा : घर भत्किँदा नौ जनाको मृत्यु, १४ घाइते

इस्लामाबाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा सोमबार परेको अविरल

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं– विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगञ्ज– बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच