जीडीपीको आधार वर्ष फेर्ने सरकारको तयारी « Khabarhub

जीडीपीको आधार वर्ष फेर्ने सरकारको तयारी


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशको अर्थतन्त्रको आकार मापनको आधार वर्ष परिवर्तन गरिने भएको छ । कुल गार्हस्थ्य उत्पादनका लागि हाल कायम गरिएको आर्थिक वर्ष २०५७/५८ को आधारमा अर्थतन्त्रको वास्तविक आकार आउन नसकेको निष्कर्ष निकाल्दै आधार वर्ष फेर्ने विषयमा छलफल अगाडि बढेको हो ।

अहिलेको आधार वर्ष अलि पुरानो भएको र त्यसले अर्थतन्त्रका सबै विषय समेट्न नसकेकोले परिवर्तन गर्ने विषयमा छलफल जारी रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएको गोरखापत्रमा खबर छ ।

हाल कायम आधार वर्षलाई परिवर्तन गरेर कुनै साधारण वर्षलाई आधार मान्ने दिशातर्फ छलफल भइरहेको पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

आर्थिक बर्ष २०६७/६८ अथवा यस्तै साधारण वर्षलाई आधार वर्ष बनाउने कि भन्ने विषयमा कुरा भइरहेको छ, उहाँले भन्नुभयो । अर्थतन्त्रमा विकसित पछिल्ला उपलब्धिलाई समेट्ने गरी आधार वर्ष तयार हुने उनले बताए ।

केन्द्रिय तथ्याङ्क विभागले अहिले २०५७÷५८ लाई आधार वर्ष मानेर देशको समग्र अर्थतन्त्रको विभिन्न सूचकहरू तयार गर्छ । अर्थ मन्त्रालयले नयाँ आधार वर्ष तय गरेर सूचकाङ्क तयार गर्ने विषयमा विभागलाई आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिइसकेको छ ।

तथ्याङ्क विभागले पछिल्लो पटक प्रदेशस्तरमा गरेको राष्ट्रिय लेखा तथ्याङ्कका लागि पनि २०५७/५८ लाई नै आधार वर्ष मानेको थियो । आधार वर्षकै आधारमा विभागले आर्थिक वृद्धिदरलगायत अर्थतन्त्रसँग सम्बन्धित सूचकको तुलनात्मक अध्ययन विश्लेषण गर्छ ।

आधार वर्ष परिवर्तन गर्ने विषयमा अहिले केही काम अगाडि बढिसकेको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । बढीमा दुई तीन महिनाभित्र टुङ्ग्याउने गरी प्रक्रिया अगाडि बढिसकेको छ, उनले भने ।

आव २०६७/६८ लाई आधार वर्षभन्दा त्यसयताका सबै आर्थिक वर्षको जीडीपी मूल्याङ्कन पनि गरिने उहाँले जानकारी दिनुभयो । यसो गर्दा अहिलेको जीडीपीको आकार पनि सामान्य भए पनि बढ्ने अनुमान गरिएको उनले बताए । अहिलेको करिब ३५/३६ खर्ब हाराहारीको जीडीपी नयाँ आधार वर्ष
कायम गरेपछि बढ्ने प्रारम्भिक अनुमान गरेका छौँ, उनले भने ।

विभागले आधार वर्ष तयार गर्दा अहिले अर्थतन्त्रलाई १७ वटा भागमा वर्गीकरण गरेकोमा अब भने २१ वटा भागमा वर्गीकरण गर्नेछ । खासगरी यातायात, सेवा क्षेत्र, सरकारअन्तर्गतको स्वास्थ्य, शिक्षालगायतका विषय अबको सूचकमा थप गर्ने तयारी छ । विभागले अहिले सन् १९९३ को सिस्टम अपरेसन एकाउन्टमार्फत यस्ता सूचकाङ्क अद्यावधिक गर्दै आएको छ । अब भने सन् २००८ मा परिष्कृत प्रणाली प्रयोग हुने विभागले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ६ : ५५ बजे

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको