देशको इतिहासलाई सम्झाइराख्नु पर्छः नेता सिटौला « Khabarhub

देशको इतिहासलाई सम्झाइराख्नु पर्छः नेता सिटौला


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपालले पनि आफ्नो देशको प्रजातान्त्रिक आन्दोलनको गतिविधिलाई सम्झाइराख्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा आज यहाँ ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा नेता सिटौलाले हरेक देशको आफ्नो इतिहासलाई सम्झाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

“विगतमा चीन र जापानबीच धेरै पटक भयानक खालका युद्ध भएका थिए । ती युद्धको बारेमा अहिले चीनले विश्वका धेरै देशका प्रधानमन्त्रीलाई आफ्नो मुलुकमा बोलाएर जानकारी गराउँदै छ,” उनले भने, “हरेक देशको आफ्नो इतिहास गर्विलो हुने भएकाले नेपालले पनि आफ्नो प्रजातान्त्रिक आन्दोलनको इतिहासलाई बारम्बार बताउँदै जान आवश्यक भइसकेको छ ।”

कतिपयले ‘इतिहास भजाएर खान पाइन्छ ? भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै नेता सिटौलाले इतिहास बिर्सेर अघि बढ्न नसकिने बताए। “घरको जग बिर्सेर थप तला थप्न सकिन्छ त ?”, उनले भने, “त्यसैले नेपाली कांग्रेसले गरेको कामको विषयमा अबका नयाँ पुस्तालाई बुझाउनुपर्ने हुन्छ ।”

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ९ : ३२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र