स्याफ्रुवेशी–रसुवागढी सडक टिमुरेसम्म सञ्चालन « Khabarhub

स्याफ्रुवेशी–रसुवागढी सडक टिमुरेसम्म सञ्चालन


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

रसुवा – बाढीले क्षति पुर्‍याएको स्याफ्रुवेशी–रसुवागढी सडक टिमुरेसम्म यातायात सञ्चालनमा आएको छ । पहिलो हटाएपछि उक्त सडक सञ्चालनमा आएको हो ।

स्याफ्रुवेशी–रसुवागढी सडक खण्डअन्तर्गत करिब १३ किमी सडक सञ्चालनमा आएको हो भने टिमुरेदेखि रसुवागढी मितेरी पुलसम्मका दुई स्थानमा १५० मिटर नयाँ ट्रयाक बनाउन काम भइरहेको छ।

यता त्रिशुली नदीले सडक तथा घर–जग्गा कटान गरेको खाल्टे क्षेत्रमा ढुङ्गा भराई गरी भाद्र ५ गतेदेखि एकतर्फी यातायात सञ्चालनमा आएको छ।

सडक विभागका अनुसार गल्छी–त्रिशुली–मैलुङ खण्डमा करिब १०० मिटर र मैलुङ–स्याफ्रुवेशी खण्डमा करिब ७०० मिटर सडक पहिरो तथा नदी कटानले क्षतिग्रस्त भएको थियो। त्यस्तै, स्याफ्रुवेशी–रसुवागढी खण्डमा १८ स्थानमा करिब १७०० मिटर सडक अवरुद्ध भएको थियो।

विभागीय मेसिनरी र उपकरण प्रयोग गरी कटान भएका क्षेत्रमा नयाँ ट्रयाक खोल्ने कार्य भइरहेको र कठिन भूगोल तथा अविरल वर्षाका कारण चुनौतीपूर्ण भए पनि करिब १० दिनभित्र सम्पूर्ण सडक सञ्चालन हुने अपेक्षा गरिएको छ।

यससँगै रसुवागढी नाकामा निर्माणाधीन मितेरी पुलको चीनतर्फ बेलीब्रिज जडान तथा जग निर्माणको काम अघि बढिरहेको भए पनि नेपालतर्फ बेलीब्रिजको जग हालसम्म निर्माण हुन सकेको छैन।

सडक विभागले कटान रोक्ने र सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन निरन्तर काम भइरहेको जनाएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ९ : ५७ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान