नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स « Khabarhub

नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आँखाको ज्योति फर्काउने लेन्स नेपालले विश्वका धेरै देशमा निर्यात गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि नेपालमा उत्पादन हुने आँखाको लेन्सले संसारका धेरै मान्छेले आँखा देख्न पाएका छन् ।

आँखा मानिसको सम्वेदनशील अंग । सुन्दर विश्वलाई नियाल्ने आँखाको दृष्टि गुम्दाको पीडा कस्तो होला ? सबैले अनुभव गर्न सक्ने कुरा हो । विभिन्न कारणबाट दृष्टि गुमाउनेको पीडा त झन कल्पना नै गर्न सकिँदैन । यी सबै पीडालाई मल्हम लगाउने गरी नेपालमै उत्पादन भएको कृत्रिम लेन्सले काम गरिरहेको छ ।

तिलगंगा आँखा अस्पतालले उत्पादन गरेको कृत्रिम लेन्सका कारण नेपालका मात्र होइन विश्वका धेरै देशका नागरिकको दृष्टि फर्किएको छ ।

नेपाल दक्षिण एसियामा आँखाको लेन्स उत्पादन गर्ने पहिलो देश पनि हो । लेन्स बनाउन आवश्यक पर्ने कच्चा पदार्थ अमेरिका र बेलायतबाट आयात गर्ने गरिएको छ ।

नेपालमा २५ वर्षदेखि आँखाको लेन्स उत्पादन हुँदै आएको छ । मोतीबिन्दुका बिरामीलाई चाहिने लेन्स भने तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन गर्छ । अष्ट्रेलियामा रहेको फ्रेडल फाउन्डेसनको प्राविधिक सहयोगमा तिलगंगा आँखा अस्पतालमा आँखाको कृत्रिम लेन्स उत्पादन शुरु गरिएको हो ।

२०४९ सालमा तिलगंगामा लेन्स उत्पादन गर्ने ल्याब शुरु गरिएको भएपनि २०५३ सालबाट लेन्सको बिक्री थालिएको हो ।

शुरुमा तिलगंगाले एउटा लेन्स तीन डलरमा उत्पादन गरेर विश्वबजारमा १५–२० डलरमा पठाउने गरेको र पछि उत्पादन बढ्दै गएपछि लेन्सको मूल्य पनि घट्दै गएको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइतले बताए ।

नेपालमा पीएमएमए पुरानो प्रविधिबाट बनाइने लेन्स र फोल्डेबल नयाँ प्रविधिबाट बनाइने लेन्स उत्पादन हुन्छ । प्रतिष्ठानले वर्षमा झण्डै ४ लाख लेन्स उत्पादन गर्छ ।

यहाँ बनेको लेन्स चीन, पाकिस्तान, मलेसिया, सिंगापुर, थाइल्याड, दक्षिण अफ्रिका, इन्डोनेसियालगायत ७० देशमा जान्छ । २०५३ पछि अहिलेसम्म झण्डै ५६ लाख ३५ हजारको संख्यामा कृत्रिम लेन्स उत्पादन गरिएको अस्पतालले जानकारी दिएको छ ।

मोतियाविन्दु पीडित अब दृष्टिबिहीन हुनु पर्दैन

२५ वर्ष अघि मोतियाविन्दु लागेर दृष्टि गुमेका नेपालीका लागि पुनः दृष्टि प्राप्त गर्न सहज थिएन । विदेशबाट आयत गरिने कृत्रिम लेन्स महंगो पर्ने भएकाले नेपालीहरु सम्भव हुने उपचारबाट पनि बञ्चित थिए ।

तिलगंगा आँखा अस्पतालले सन् १९९५ देखि कृत्रिम लेन्स उत्पादन शुरु गरेपछि नेपालीका लागि मात्रै होइन बिदेशीका समेत नेपाली लेन्सको उपलब्धता सहज बनेको छ ।

त्यसैले २५ वर्ष अगाडी मोतियाविन्दु भएर आँखाका दृष्टि गुमाएका नेपालीहरु जीवनभर अन्धकारमै बस्नुपर्ने बाध्यता थियो । तर अहिले मोतियाविन्दु भएर दृष्टि गुमाएकाहरुले नेपालमै उत्पादन भएको कृत्रिम लेन्स राखेर नयाँ दृष्टि पाउन थालेका छन् ।

यो पनि पढौं

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै