सबरीमाला मन्दिरमा महिलाको प्रवेश अधिकारबारे अदालती निर्णयको ‘पुनरावलोकन गरिने’ « Khabarhub

सबरीमाला मन्दिरमा महिलाको प्रवेश अधिकारबारे अदालती निर्णयको ‘पुनरावलोकन गरिने’


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको सर्वोच्च अदालतले रजस्वलाको उमेर भएका महिलाहरूलाई दक्षिण भारतको एउटा हिन्दू मन्दिरमा प्रवेश दिलाउने आफ्नो फैसलालाई पुनरावलोकन गर्न सहमति जनाएको छ।

पाँचजना न्यायाधीश रहेको एउटा इजलासले गतवर्ष एउटा फैसला सुनाउँदै सबरीमाला मन्दिरमा महिलाहरूलाई प्रवेश नदिने व्यवस्था विभेदकारी भएको बताएको थियो।

यो मन्दिर रहेको दक्षिण भारतीय राज्य केरलामा त्यसले ठूला प्रदर्शनहरू निम्त्याएको थियो। मन्दिरमा प्रवेश गर्न खोज्ने महिलाहरूलाई रोक्नुका साथै र अपहेलित गर्ने काम समेत गरिएको बीबीसीले उल्लेख गरेको छ ।

अहिलेको कदमले मन्दिर प्रवेशका निम्ति लडेका महिलाहरूलाई क्रुद्ध पार्ने ठानिएको छ। हिन्दू धर्मले रजस्वला भएको बेला महिलाहरूलाई अशुद्ध मान्दछ र यस्तो समयमा उनीहरूलाई धार्मिक क्रियाकलापमा भाग लिनबाट रोक्दछ।

सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न दिइँदैनथ्यो। मन्दिर सञ्चालन गर्ने एकजना अधिकारीले चाहिँ अदालतको आदेशको स्वागत गर्दै महिलाहरूलाई त्यहाँ नआउन भनेका छन्।

गत वर्ष अदालको फैसला आएपछि पनि आक्रोशित प्रदर्शनकारीहरूको भिडले महिला धर्मावलम्बीहरूमाथि बल प्रयोग गरेका थिए जसका कारण थुप्रै महिलाहरू त्यहाँबाट फर्किएका थिए ।

मन्दिरतर्फ जाने गाडीहरूमा रजत्वला हुने उमेरका महिलाहरू छन् कि छैनन् भनेर ती आक्रोशित मानिसहरूले जाँच गरेका थिए।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : ३२ बजे

परराष्ट्रमन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री

महोत्तरीमा डुबेर एकै दिन चार बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ

एमाले सचिवालय बैठक शनिबार पुनः बस्ने

भक्तपुर – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौं – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर