‘पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६’ हुने, नविन र एड्रियनले विशेष प्रस्तुति दिने « Khabarhub

‘पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६’ हुने, नविन र एड्रियनले विशेष प्रस्तुति दिने


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्यटन वर्ष २०२० को प्रवर्द्धन र पूर्वका पर्यटकीय स्थलको पचार गर्ने उद्देश्यले ‘पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६’ को आयोजना गरिने भएको छ । बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी दिइयो ।

आयोजक हाम्रो कार्टले पूर्वमा फेस्टिभल गर्न लागेको हो । हाम्रो कार्टका प्रमुख प्रमेश श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यसहित म्युजिक फेस्टिभल गर्न लागिएको हो । फेस्टिभलमा एड्रियन प्रधान र नबिन के भट्टराईको विशेष प्रस्तुति रहनेछ । दुवै गायकले आफ्नो ब्याण्डसँगै प्रस्तुति दिनेछन् ।

यस्तै फेस्टिभलमा सुशान्त केसीको पनि प्रस्तुति रहने जनायएको छ । सुशान्त गत वर्ष प्रसारण भएको भ्वाइस अफ नेपालको उत्कृष्ट ५ भित्र पर्न सफल प्रतियोगी हुन् । यस्तै कार्यक्रममा अन्य ब्याण्डको पनि प्रस्तुति रहनेछ ।

आयोजकका अनुसार कार्यक्रम इटहरीको रंगशालामा हुनेछ । कार्तिक ३० गते शनिबार बेलुकी ४ बजेबाट कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १० : २९ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको