‘पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६’ हुने, नविन र एड्रियनले विशेष प्रस्तुति दिने « Khabarhub

‘पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६’ हुने, नविन र एड्रियनले विशेष प्रस्तुति दिने


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्यटन वर्ष २०२० को प्रवर्द्धन र पूर्वका पर्यटकीय स्थलको पचार गर्ने उद्देश्यले ‘पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६’ को आयोजना गरिने भएको छ । बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी दिइयो ।

आयोजक हाम्रो कार्टले पूर्वमा फेस्टिभल गर्न लागेको हो । हाम्रो कार्टका प्रमुख प्रमेश श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यसहित म्युजिक फेस्टिभल गर्न लागिएको हो । फेस्टिभलमा एड्रियन प्रधान र नबिन के भट्टराईको विशेष प्रस्तुति रहनेछ । दुवै गायकले आफ्नो ब्याण्डसँगै प्रस्तुति दिनेछन् ।

यस्तै फेस्टिभलमा सुशान्त केसीको पनि प्रस्तुति रहने जनायएको छ । सुशान्त गत वर्ष प्रसारण भएको भ्वाइस अफ नेपालको उत्कृष्ट ५ भित्र पर्न सफल प्रतियोगी हुन् । यस्तै कार्यक्रममा अन्य ब्याण्डको पनि प्रस्तुति रहनेछ ।

आयोजकका अनुसार कार्यक्रम इटहरीको रंगशालामा हुनेछ । कार्तिक ३० गते शनिबार बेलुकी ४ बजेबाट कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १० : २९ बजे

माधव नेपालविरुद्धको मुद्दामा सबै कागजपत्र झिकाउने आदेश

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष

पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा : एडीबी

काठमाडौं- पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो

काठमाडौं– ईभी निर्माता चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु

काठमाडौं– पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको