प्रधानमन्त्रीको सचिवालयका ६ जनाको राजीनामा स्वीकृत, प्रमुख सल्लाहकार रिमाल नै रहने « Khabarhub

प्रधानमन्त्रीको सचिवालयका ६ जनाको राजीनामा स्वीकृत, प्रमुख सल्लाहकार रिमाल नै रहने


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट राजीनामा दिने ६ जनाको राजीनामा स्वीकृत भएको छ ।

मंसिर १ गतेदेखि लागूहुने गरी राजीनामा दिएकामध्ये प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा भने विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई यथावत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले निर्देशनपछि गत शनिबार प्रधानमन्त्रीको सल्लाहकार समूहका पदाधिकारी र स्वकीय सचिवालयका पदाधिकारीले सामूहिक राजीनामा दिएका थिए ।

राजीनामा बुझाउँदै उनीहरुले प्रधानमन्त्रीलाई आगामी कदम चाल्न सहज होस् भन्नका लागि सल्लाहकार र सचिवालयका पदाधिकारीले राजीनामा दिएको बताएका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १० : १५ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट