प्रधानमन्त्रीको सचिवालयका ६ जनाको राजीनामा स्वीकृत, प्रमुख सल्लाहकार रिमाल नै रहने « Khabarhub

प्रधानमन्त्रीको सचिवालयका ६ जनाको राजीनामा स्वीकृत, प्रमुख सल्लाहकार रिमाल नै रहने


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट राजीनामा दिने ६ जनाको राजीनामा स्वीकृत भएको छ ।

मंसिर १ गतेदेखि लागूहुने गरी राजीनामा दिएकामध्ये प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा भने विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई यथावत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले निर्देशनपछि गत शनिबार प्रधानमन्त्रीको सल्लाहकार समूहका पदाधिकारी र स्वकीय सचिवालयका पदाधिकारीले सामूहिक राजीनामा दिएका थिए ।

राजीनामा बुझाउँदै उनीहरुले प्रधानमन्त्रीलाई आगामी कदम चाल्न सहज होस् भन्नका लागि सल्लाहकार र सचिवालयका पदाधिकारीले राजीनामा दिएको बताएका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १० : १५ बजे

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर