जापानमा महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएपछि चर्को आलोचना « Khabarhub

जापानमा महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएपछि चर्को आलोचना


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानमा महिलाहरूलाई काममा आउँदा चस्मा नलगाउन भनिएका समाचारहरु सार्वजनिक भएसँगै यसबारे नयाँ बहस शुरु भएको छ ।

जापानी सञ्चार माध्यमहरुका अनुसार केही कम्पनीहरूले विभिन्न कारण देखाउँदै महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाएको बताएका छन् ।

यससँगै जापानमा यसबारेमा नयाँ बहस शुरु भएको हो । यो विषयले सामाजिक सञ्जालमा चर्को विवाद निम्त्याएको छ।

खुद्रा सामान बेच्ने पसहहरूले चस्मा लगाउने सहयोगीहरूबाट ग्राहकलाई “चिसो भाव” प्रकट हुने बताएका थिए । जापानका सामाजिक सञ्जालहरूमा पोशाक र कार्यक्षेत्रमा महिलाहरूबारे तीव्र बहस ल्याएको छ।

निप्पन टीभी नेटवर्क र बीजनेश इनसाइडरले यसबारे रिपोर्ट गरेका थिए जसमा कैयौँ कम्पनीहरूमा कसरी महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएको छ भन्ने देखाएका थिए । त्यसमा विमान कम्पनीले सुरक्षाको कारण देखाएको र सौन्दर्य क्षेत्रमा काम गर्नेहरूले सौन्दर्य सामग्री प्रयोग गरेको प्रष्ट देख्न नसकिने कारण रहेको देखाइएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ५७ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता