फेसबुकले हटाइदियो ३ करोड ३ लाख पोस्ट, तपाइँको त परेन ? « Khabarhub

फेसबुकले हटाइदियो ३ करोड ३ लाख पोस्ट, तपाइँको त परेन ?


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–सामाजिक सञ्जाल फेसबुकले हालैका दिनमा ३ करोड ३ लाखभन्दा बढी पोस्ट हटाएको जनाएको छ। फेसबुकका अनुसार करिब एक तिहाइ सामग्री बालउत्पीडनसँग सम्बन्धित हानिकारक पोस्टहरु रहेका छन् ।

फेसबुकका अनुसार ती सामग्री सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म हटाइएको हो । उक्त अवधिमा हटाइएका सामग्रीमध्ये १ करोड १६ लाख सामग्री बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसा झल्कने प्रकारका छन् ।

फेसबुकले स्वामित्व लिएको अर्को लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्रामको तथ्यांक पनि पहिलो पटक सार्वजनिक गरिएको छ।

फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म फेसबुकबाट हटाइएका १ करोड १६ लाख र इन्स्टाग्रामबाट हटाइएका ७ लाख ५४ हजार बाल नग्नता र बाल यौनहिंसासम्बन्धी सामग्रीमध्ये ९९ प्रतिशत आफैंले पत्ता लगाएको हो । अन्य एक प्रतिशत सामग्री भने अरूले दिएको जानकारीपछि हटाइएको हो ।

फेसबुकका अनुसार त्यसरी हटाइएका सामग्रीमा ३३ लाख ४५ हजार आत्महत्यासम्बन्धी छन् । त्यसैगरी, लागूऔषध बेचबिखनसम्बन्धी ५९ लाख सामग्री छन् । त्यसैगरी हतियार बेचबिखनबारेका सामग्री २३ लाख ५८ हजार र आतंकवादसम्बन्धी अल कायदा, आईएस र सहयोगी संस्थाका इन्स्टाग्रामबाट १ लाख ३३ हजार सामग्री हटाइएको दाबी गरेको छ। सन् २०१९ को जनवरीदेखि मार्चसम्मको तीन महिनामा फेसबुकले बाल यौनहिंसासम्बन्धी करिब ६० लाख सामग्री हटाएको जनाएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  २ : १० बजे

बालेनसँग रुष्ट बन्दै कलाकार : सरकारले ‘चिप स्टन्ट’ गरेको निष्कर्ष

काठमाडौं – अहिलेको अवस्थामा वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारविरुद्ध सामाजिक

युक्रेनसहित नयाँ सदस्य राष्ट्रसँग ईयूको सदस्यता वार्ता दोस्रो चरणमा

ब्रसेल्स – युरोपियन युनियन (ईयू) ले युक्रेनसहित सदस्यता लिन इच्छुक राष्ट्रहरूसँग

राजधानीका सुकुम्वासीले पाउने छैनन् काठमाडौंमै जग्गा 

काठमाडौंका नदी किनारबाट विस्थापित गराइएका नागरिकलाई सरकारले निजको सम्बन्धित जिल्लामा

एकैदिन विपदका ७३ घटना, २ जनाको मृत्यु, एक बेपत्ता 

काठमाडौं– अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २०