आर्थिक अनुशासन कायम गर्न सैनिक मुख्यालयमा नेतृत्व संवाद « Khabarhub

आर्थिक अनुशासन कायम गर्न सैनिक मुख्यालयमा नेतृत्व संवाद


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले स्वार्थको द्वन्द्व, अधिकारको दुरुपयोग, यौनजन्य शोषण र दुर्व्यवहारजस्ता विषयमा आउनसक्ने गुनासो समावेश गरी सैनिक मुख्यालय जङ्गी अड्डामा नेतृत्व संवाद सञ्चालन गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रत्यक्ष कमाण्डमा रहेका कार्यालय, विभाग, पृतना, निर्देशनालय र स्टाफको उपस्थितिमा सञ्चालन भएको उक्त कार्यक्रमबाट ऐन, नीति, नियम, नियमावली, आदेश र निर्देशनलाई थप स्पष्ट पार्न योगदान पुग्ने नेपाली सेनाले विश्वास लिइएको छ ।

विभिन्न अवस्थामा विद्यमान नियम कार्यान्वयनमा हुनसक्ने दुविधालाई हटाउन मद्दत पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सैनिक आचरण, अनुशासन, नैतिकता र मूल्यमान्यतामा थप कटिबद्ध भई दिइएको जिम्मेवारी पूरा गर्न प्रेरणा मिल्ने विश्वास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको प्रत्येक अङ्गको तल्लो तहका नेतृत्व तथा स्टाफ तहसम्मका सम्पूर्णलाई समावेश गरी आगमी चैत मसन्तभित्र यस्तै अन्तरक्रिया सञ्चालन गर्ने योजना रहेको निर्देशनालयले जानकारी दिएको छ ।

नेतृत्व संवाद कार्यक्रमले सङ्गठनका सबै तहकालाई प्राप्त अधिकारको सदुपयोग र आर्थिक अनुशासन कायम हुने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : ४४ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५