आर्थिक अनुशासन कायम गर्न सैनिक मुख्यालयमा नेतृत्व संवाद « Khabarhub

आर्थिक अनुशासन कायम गर्न सैनिक मुख्यालयमा नेतृत्व संवाद


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले स्वार्थको द्वन्द्व, अधिकारको दुरुपयोग, यौनजन्य शोषण र दुर्व्यवहारजस्ता विषयमा आउनसक्ने गुनासो समावेश गरी सैनिक मुख्यालय जङ्गी अड्डामा नेतृत्व संवाद सञ्चालन गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रत्यक्ष कमाण्डमा रहेका कार्यालय, विभाग, पृतना, निर्देशनालय र स्टाफको उपस्थितिमा सञ्चालन भएको उक्त कार्यक्रमबाट ऐन, नीति, नियम, नियमावली, आदेश र निर्देशनलाई थप स्पष्ट पार्न योगदान पुग्ने नेपाली सेनाले विश्वास लिइएको छ ।

विभिन्न अवस्थामा विद्यमान नियम कार्यान्वयनमा हुनसक्ने दुविधालाई हटाउन मद्दत पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सैनिक आचरण, अनुशासन, नैतिकता र मूल्यमान्यतामा थप कटिबद्ध भई दिइएको जिम्मेवारी पूरा गर्न प्रेरणा मिल्ने विश्वास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको प्रत्येक अङ्गको तल्लो तहका नेतृत्व तथा स्टाफ तहसम्मका सम्पूर्णलाई समावेश गरी आगमी चैत मसन्तभित्र यस्तै अन्तरक्रिया सञ्चालन गर्ने योजना रहेको निर्देशनालयले जानकारी दिएको छ ।

नेतृत्व संवाद कार्यक्रमले सङ्गठनका सबै तहकालाई प्राप्त अधिकारको सदुपयोग र आर्थिक अनुशासन कायम हुने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : ४४ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज