महिला भलिबल टोलीलाई प्रधानमन्त्रीले दिए बधाई « Khabarhub

महिला भलिबल टोलीलाई प्रधानमन्त्रीले दिए बधाई


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एसियन भलिबल फेडेरेसन (एभीसी) सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको स्वर्ण पदक विजेता महिला भलिबल टोलीलाई बधाई दिएका छन् ।

बिहीबार स्वर्ण जितेर शुक्रबार स्वदेश फर्किएको भलिबल टोलीलाई प्रधानमन्त्री ओलीले आज बधाई दिएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- ‘बंगलादेशको ढाकामा सम्पन्न प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता बन्न सफल भएकोमा नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’

आजै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विजेता टोलीका खेलाडी तथा अफिसियललाई जनही ३ लाख नगदसहित सम्मान गर्ने घोषणा पनि गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ८ : १९ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र