ऐतिहासिक स्वर्ण विजेता भलिबल टोलीको स्वागतमा विमानस्थलमा जे देखियो (फोटो फिचर) « Khabarhub

ऐतिहासिक स्वर्ण विजेता भलिबल टोलीको स्वागतमा विमानस्थलमा जे देखियो (फोटो फिचर)


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भलिबल नेपालको राष्ट्रिय खेल भएको ३ वर्ष नपुग्दै राष्ट्रिय महिला भलिबल टोलीले अन्त्र्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हात पारेको छ ।

एसियन भलिबल कन्फेडेरेसन (एभीसी)को आयोजनामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको पहिलो संस्करणको विजेता बन्दै नेपाली महिला भलिबल टोलीले नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएको हो ।

बंगलादेशमा भएको पहिलो संस्करणको प्रतियोगितामा अपराजित रहँदै उपाधि उचालेको महिला टोली शुक्रबार स्वदेश फर्कियो । बिहीबार फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दा नेपाली भलिबलको इतिहासमा अरुणा शाहीको टोलीले आफ्नो नाम ऐतिहासिक दस्तावेजमा दर्ज गराए ।

काठमाडौं, पोखरा र जनकपुरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यास थाल्दा जेठ महिनामा नेपाल भलिबल संघ माथि थुप्रै प्रश्न उठेका थिए ।

जेठ १५ गते प्रारम्भिक टोलीको छनोट गरिएको थियो । उक्त छनोटमा सनियर खेलाडी समावेश नभएको भन्दै आलोचना समेत गरिएको थियो । तर, उपाधि चुमेपछि अनेक प्रश्न तथा आलोचना गर्नेहरुमाथि गतिलो जवाफ फर्किएको छ ।

बंगलादेशमा स्वर्ण जित्दा शुक्रबार भलिबल खेलाडीसहित भलिबल संघका पदाधिकारी निकै खुसी बने । खेलाडीहरुमा पनि आत्मविश्वास बढेको छ ।

‘हाम्रो खुसीको सीमा छैन् । तर, यतिले मात्रै हुँदैन । अब लगत्तै आइरहेको सागमा पनि स्वर्ण जित्नु छ,’ प्रशिक्षक जगदिश भट्टले भने,‘ अब बाँकी रहेको दिन हामी सागको अभ्यासमा केन्द्रित हुने छौं । भारत र श्रीलंका लगायतका बलिया टोलीसँग प्रतिस्पर्धा गर्दै स्वर्ण जित्नुछ ।’

अरुणा शाहीको कप्तानीमा पहिलो ‘सेट’ उत्कृष्ट रह्यो । अब सागमा भारतलाई चुनौती दिन नेपाली टोली तयार रहेको कप्तान शाही बताउँछिन् ।

‘यो उपाधि जित्दा एकदमै खुसी लागेको छ । सागमा पनि राम्रो गर्दै स्वर्ण जित्ने लक्ष्य छ,’ कप्तान अरुणाले विमानस्थलमा भनिन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवालले स्वर्ण विजेता टोलीलाई जनही ३ लाख नगदसहित सम्मान गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ९ : ०५ बजे

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित