भारत र पाकिस्तानको मौसमी प्रणालीको असर नेपालमा | Khabarhub Khabarhub

भारत र पाकिस्तानको मौसमी प्रणालीको असर नेपालमा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा नेपालमा सामान्य मौसम बदली भएको छ ।

पाकिस्तान तथा आसपासका क्षेत्रमा पश्चिमि न्यून चापीय प्रणाली रहेको छ । साथै भारतको राजस्थानमा न्यून चापिय प्रणालि विकशित भएको छ | यिनै मौसमी प्रणालिहरूको सामान्य असर नेपालमा परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ |

तीन दिनको मौसम पूर्वानुमान

शनिबार आज दिउँसो देशका मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी भू- भागमा आंशिक बदली भएको छ । मध्य र पश्चिमि पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ । पश्चिमी र मध्य उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंसिर १ गते (आइतबार) देशका पूर्वि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, मध्य पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू – भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी र मध्य पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

मंसिर १ गते (सोमबार) देशका पूर्वी तथा मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू – भागमा आंशिक बदली रहने छ । पूर्वी पहाडी भू-भागका थोरै र मध्य पहाडी क्षेत्रका १-२ स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ५ : २५ बजे

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय