चीनद्वारा हङकङमा जनमुक्ति सेना तैनाथ « Khabarhub

चीनद्वारा हङकङमा जनमुक्ति सेना तैनाथ


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले हङकङमा आफ्नो जनमुक्ति सेनालाई तैनाथ गरेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार चीनको पिपुल्स लिबरेशन आर्मी पीएलएका सैनिकले शनिवार हङकङको सडकमा आश्चर्यजनक रुपमा प्रदर्शन गरेका छन् ।

सरकार विरोधी प्रदर्शनपछि अवरुद्ध भएको सडक र भवनहरुलाई सफाइ गर्दै उनीहरु अघि बढेको देखिएको समाचारमा उल्लेख गरिएको छ ।

सडकमा पीएलए सैनीकको उपस्थितिले चिनियाँ शासित क्षेत्रको स्वायत्तता माथि थप विवाद उत्पन्न हुने सम्भावना रहेको समाचारमा जनाइएको छ ।

६ महिनादेखि जारी प्रदर्शनलाई नियन्त्रणमा लिन चिनियाँ जनमुक्ति सेना खटाइएको बताइन्छ । जनमुक्ति सेनाले भने आफू शान्ति कायम गराउन यहाँ आएको प्रतिक्रिया दिएको छ ।

हङकङको प्रदर्शनबारे चिनियाँ सेनाले पटक पटक टिप्पणी गर्दैआएको थियो । हङकङ प्रदर्शनलाई चीनले ‘हिंसात्मक घटना’, ‘अराजक भीड’ तथा ‘प्रायोजित भीड’ जस्ता टिप्पणी गरेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : ५३ बजे

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र