युभेन्ट्सको जीत, ह्याट्रिक गर्नबाट चुके रोनाल्डो « Khabarhub

युभेन्ट्सको जीत, ह्याट्रिक गर्नबाट चुके रोनाल्डो


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा जित निकालेको छ ।

आइतबार भएको खेलमा युभेन्ट्सले उडिनेसेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा लियोनार्दो बुनिचीले एक गोल गरे ।

उडिनेसेका इग्नासिया पुसेतो एक गोल फर्काए । पुसेतोको गोल अघि रोनाल्डोले ह्याट्रिक गर्ने अवसर सिर्जना गरेका थिए । तर उनले गरेको प्रहार गोलमा परिणत हुन सकेन ।

खेलको इन्जुरी समयमा पुसेतोले एक गोल फर्काएपनि युभेन्ट्स ३-१ ले विजयी भयो ।

जितसँगै युभेन्ट्स लिगको शीर्ष स्थानमा उक्लिएको छ । युभेन्ट्सले १६ खेलमा ३९ अंक जोडेको छ । १५ अंक जोडेको उडिनेसे लिगको १७ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : २७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका