ज्योतिष शास्त्रः बारअनुसार के गर्दा सफलता मिल्छ ? | Khabarhub Khabarhub

ज्योतिष शास्त्रः बारअनुसार के गर्दा सफलता मिल्छ ?


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दैनिक जीवनमा हामीले कैयौं संर्घष गर्नुपर्ने हुन्छ । जसमा केही सफलता त केही असफलता मिल्छ । तर जे काम गर्दा पनि सफलता मिलेको छैन भने ज्योतिष शास्त्रअनुसार ग्रह दोष निवारण गर्नुपर्ने ज्योतिषशास्त्रीहरु बताउँछन् ।

यसरी लगातार असफलता हात लागेमा केही उपायहरु अपनाउँदा सफलता मिल्ने विश्वास गरिन्छ । बार अनुसार निम्न उपायहरु अपनाउनुहोस्

आइतबार
आइतबार अर्थात साताको पहिलो दिन, घरबाट निस्कँदा पान वा सौंप खाएर निस्कनु होला । यसले तपाईको चाहाना अनुसारको काममा सफलता दिलाउने वा राम्रो फल प्राप्त गराउन मद्दत गर्छ ।

सोमबार
साताको दोश्रो दिन सोमबारको शुरुवात ऐनामा हेरेर मात्र यात्रा गर्नु शुभ मानिन्छ । सोमबार उठ्नासाथ आफुलाई ऐनामा हेर्नुहोस् । यसले तपाईको काममा सफलता दिलाउने गर्दछ । तर स्मरण रहोस् ऐना चर्केको वा फुटेको हुनुहुँदैन ।

मंगलबार
मंगलबारको दिन घरबाट बाहिर निस्कदा सख्खर, मिठाई वा चिनिजन्य पर्दाथको सेवन गरेर मात्र निस्कनु होला । मंगलबार गुलियो सेवन गरेर घरबाट बाहिर निस्कनाले पुरै दिन राम्रो बन्नेछ ।

बुधबार
बुधबारको दिन धनियाको सेवन गर्नाले मनले चाहेको काम पुरा हुने तथा दिनभर सकारात्मक सोचको विकाश हुने देखिन्छ ।

बिहीबार
बिहीबार दिनको शुरुवातमा पहेलो वस्त्रको धारण गर्नुपर्छ । साथै खानामा अनिवार्य जीरा समावेश गर्नुहोला । यसो गर्नाले बिहिबारको दिन शुभ हुने तथा काममा सफलता प्राप्त हुनेछ ।

शुक्रबार
हुनत कुनै पनि काममा जानु अघि दहिको सेवन गर्नाले सफलता पाउने विश्वास गरीन्छ । तर शुक्रबारको दिन घरबाट बाहिर निस्कदा दहिको सेवन गरेर निस्किएमा काममा सोचे अनुसारको सफलता पाउन सकिन्छ ।

शनिबार
बिदाको दिन अर्थात शनिबार घरबाट बाहिर निस्कदा अदुवाको सेवन गरेर निस्किएमा मनले चाहे अनुसारको काम बन्नेछ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ८ : २७ बजे

साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन

शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् ।

इजरायली आक्रमणमा १५ जनाको मृत्यु

गाजा सिटी- गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार प्यालेस्टिनी क्षेत्रमा लगभग

रामहरिले भने- पार्टीले निर्देशन दिए राजीनामा दिन तयार छु

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले