कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल « Khabarhub

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, कर्णाली प्रदेशको सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित नवौँ प्रदेशसभामा उनले कर्णालीमा प्रशस्त सम्भावना भए पनि अपेक्षित रूपमा निजी क्षेत्रको संलग्नता हुन नसकेको बताए ।

मुख्यमन्त्री कँडेलले कर्णालीको कृषि, पर्यटन, जलस्रोत क्षेत्रलाई आधार बनाएर आर्थिक विकासको ढोका खोल्न सकिने तर्क गरे । ‘यस प्रदेशमा अवसर धेरै छन्, तर ती अवसरलाई पहिचान गरेर लगानी गर्न सकिएको छैन’, उनले भने, ‘निजी क्षेत्रले जोखिम लिन सके प्रदेशको आर्थिक समृद्धि सम्भव छ । यद्यपि, परम्परागत रूपमा तयारी वस्तु बेच्ने प्रवृत्तिबाट बाहिर निस्केर उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने आवश्यकता छ । त्यसका लागि सरकारले सहजीकरण गर्छ ।’

मुख्यमन्त्री कँडेलले लगानीकर्तालाई प्रोत्साहन, नीतिगत सुधार तथा आवश्यक पूर्वाधार विकासमा सरकार लागिपरेको बताए । उनले सरकारी अनुदानको दुरुपयोग हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै अनुदान पाउँदा मात्र काम गर्ने र पछि छोड्ने गलत अभ्यास अन्त्य गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कँडेलले विकास एक्लैले सम्भव नहुने भएकाले सबै क्षेत्रको सहकार्यबाट कर्णालीलाई समृद्ध बनाउन लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ६ : ४१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको