बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला « Khabarhub

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट जङ्गल गएका एक जना आज मृत फेला परेका छन् ।

दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर नं २, हट नं २०४ का ५४ वर्षीय तुलबहादुर विष्ट मृत फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरी निरीक्षक नवीन राईका अनुसार घाँस काट्न भनी यही चैत १९ गते घरबाट निस्किएका उनी घर नजिकैको सामुदायिक वनमा मृत फेला परेका हुन् ।

बीभत्स अवस्थामा शव भेटिएकाले हात्तीले आक्रमण गरेको अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ६ : ४८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको