प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न प्रस्ताव, प्रतिवेदन आज बुझाइदै « Khabarhub

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न प्रस्ताव, प्रतिवेदन आज बुझाइदै


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानीका लागि तीन ठाउँ उपयुक्त हुने प्रतिवेदन प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले तयार गरेको छ ।

समितिले उक्त प्रतिवेदन सोमबार सभामुख पुर्णबहादुर घर्तीलाई बुझाउने तयारी गरेको छ ।

समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम र राजधानी सिफारिस गरेको हो ।

स्थायी राजधानीका लागि समितिले बुटवल–सैनामैना कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको समितिका एक सदस्यले जानकारी दिए ।

आइतबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो ।

प्रदेशको स्थायी राजधानी र नामाकारण सहमति वा नभए प्रदेशसभाको दुई तिहाई बहुमतबाट टुङ्गो लगाउने संवैधानिक व्यवस्था छ ।

प्रदेश पाँचको राजधानी दाङ हुनुपर्ने पक्षमा मुख्यमन्त्री शंकर पोखरेल देखिएका कारण नामकरण र राजधानी तोक्ने विषय ओझेलमा परेको आरोप लागदै आएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १२ : ०३ बजे

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो