नेकपाको स्थायी कमिटी बैठक शुरु « Khabarhub

नेकपाको स्थायी कमिटी बैठक शुरु


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो कमिटी बैठकको दोस्रो दिन आज अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल शुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा जारी बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्नेछन् ।

आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार गरेको प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गर्दै सरकार र पार्टी कामलाई प्रभावकारी बनाउन जोड दिए ।

प्रतिवेदनमा राष्ट्रिय र अन्तरराष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारका कामकारवाही र उपनिर्वाचनको समीक्षा, यसअघि सचिवालयले गरेका निर्णयको अनुमोदन र पार्टीको आगामी कार्ययोजनासम्बन्धी विषय उल्लेख छ ।

बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत विविध कार्यसूची निर्धारण गरिएको छ । बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावसमेत पेश गरेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १ : १५ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं