रोमाञ्चक खेलमा धनगढी विजयी « Khabarhub

रोमाञ्चक खेलमा धनगढी विजयी


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्सपर्ट धनगढी ब्लुजले सुखद् सुरुवात गरेको छ ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गर्दै धनगढीले राम्रो सुरुवात गरेको हो ।

धनगढीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगले २० ओभर पुरा खेल्दा ९ विकेट गुमाएर १सय१२ रन मात्रै बनाउन सक्यो ।

खेलको अन्तिम ओभरमा विराटनगरका लागि १७ रन आवश्यक रहेको थियो । तर, बलिङमा धनगढीका कप्तान दिपेन्द्रसिंह ऐरी आएका थिए । उनले अन्तिम ओरभमा मात्रै९ रन खर्चेर २ विकेट लिँदा दबाबमा आएको विराटनगरका खेलाडी लक्ष्य पुरा गर्न चुके ।

विराटनगरले १ सय१२ रन बनाउँदा राजु रिजालले २५ रन बनाए, सुनिल धमलाले १८ रन, पुनित मेहराले १५ रन बनाए ।

विराटनगरविरुद्ध धनगढीका कप्तान ऐरीले ४ ओभर बलिङ गरेर १९ रन खर्चेर ३ विकेट लिए । यस्तै, सागर ढकालले २ विकेट, कमलसिंह ऐरी, अमित यादव र अनिल खरेलले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १सय१७रन बनाएको थियो । धनगढीका लागि कमलसिंह ऐरीले २६ रन, श्रीमन्थ विजयरत्नले २५ रन बनाए भने रेड्रिगो थोमसले १६ रन बनाएका थिए ।

धनगढीविरुद्ध विराटनगरका सहाब आलमले ३ विकेट, नोमन खानले दुई विकेट लिए भने मोहम्मद जायद आलम, पुनित मेहरा र किशोर महतोले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १ : १७ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप