ललितपुरमा आधारभूत स्वास्थ्य केन्द्र शुरु, ३५ औषधि नि:शुल्क « Khabarhub

ललितपुरमा आधारभूत स्वास्थ्य केन्द्र शुरु, ३५ औषधि नि:शुल्क


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर–ललितपुर महानगरपालिकाको अफलडोलका बसिन्दाले प्राथमिक उपचार सेवा आफ्नै वडामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट पाउने भएका छन् ।

अफलडोलस्थित निर्माण गरिएको उक्त केन्द्रको आइतबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । उक्त केन्द्रबाट ३५ किसिमका औषधिहरु निशुल्क प्राप्त गर्न सकिन्छ ।

बिहान १० बजेदेखि ४ बजेसम्म खुल्ने त्यस केन्द्रबाट बालबालिकालाई दिइने ११ वटा खोप, परिवार नियोजनका सेवा, क्षयरोगका औषधि लगायतका औषधि प्राप्त गर्न सकिन्छ ।

भवनको उद्घाटन गर्दै महानगर प्रमुख चिरीबाबु महर्जनले पुल्चोकको लाछीभित्र निशुल्क स्वास्थ्य केन्द्र संचालन गरेको स्मरण गरे । टोलमा कोही बिरामी भए पिठ्यूँमा बोकेर अस्पताल पुर्‍याएको झण्डै ४० वर्ष अघिका दिन सम्झँदै उनले भने ,‘त्यत्तिबेला अहिलेको जस्ता सजिला भर्‍याङ हुँदैन थिए , बिरामीलाई बोकेर अस्पताल पुर्‍याउनु पथ्र्यो, त्यत्ति मात्रै होइन, उपचार खर्च समेत जोहो गर्नुपथ्र्यो । ’

घर–घरमा पुगेर बिरामीलाई स्वास्थ्य परीक्षणका गर्न बोलाएको समेत उनले स्मरण गरे । स्वास्थ्य केन्द्रको उद्घाटन गर्न पाउँदा निकै खुशी लागेको उनले बताए ।

वडा नं ४का अध्यक्ष नारायण के सीले केन्द्रबाट वडाबासीले सक्दो लाभ लिन सक्ने बताउँदै पारिङ्गाली देवी आमा समूह लगायत सबैको प्रसंग गरे । केन्द्रले प्रदान गर्ने सेवा सुविधालार्ई चुस्त बनाउन हरक्षण सहयोग गर्ने बताए ।

जनस्वास्थ्य निरीक्षक डिल्ली के.सीले केन्द्रबाट ३५ किसिमका औषधि निशुल्क प्राप्त गर्न सकिने सकिने बताउँदै महंगा अस्पताल धाउनुपर्ने बाध्यताबाट वडाबासी मुक्त भएको बताए ।

महानगरका जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले प्राथमिकताका आधारमा विशेषज्ञ सेवा समेत ल्याइने बताइन् । वडावासीलाई आधारभूत स्वास्थ्य केन्द्रबाटसक्दो लाभ लिन सुझाव दिइन् ।

आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज सचिता गौतमले वडावासीलाई स्वस्थ राख्न यस केन्द्रको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले केन्द्रबाट ३५ किसिमका औषधि निशुल्क पाउने बताउँदै गुणस्तरीय सेवा प्रदान हुनेमा विश्वस्त हुने वडावासीलाई आग्रह गरिन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  २ : १४ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ