काठमाडौं मेट्रोपोलिटन सिटी हब कार्यक्रमका लागि महानगरलाई युएनडीपीको सहयोग « Khabarhub

काठमाडौं मेट्रोपोलिटन सिटी हब कार्यक्रमका लागि महानगरलाई युएनडीपीको सहयोग


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं मेट्रोपोलिटन सिटी हब (के—हब) कार्यक्रम थालनी गर्न काठमाडौं महानगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडीपी) बीच सम्झौता भएको छ ।

काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र युएनडीपीका आवासीय प्रतिनिधि आइसानी मेडागाङ्गोडा लबेबीच युवाहरुबीच उद्यमशीलतामा आधारित तथा उत्पादनमुलक कार्यक्रम थालनी गर्न सम्झौता भएको हो ।

सम्झौताका कार्यक्रममा प्रमुख शाक्यले सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रसँग मिलेर सहर युवाका लागि यो कार्यक्रम थालनी गर्न लागेको बताए । यो कार्यक्रममा आफ्नो ठाउँमा कमाइ हुने सम्भावना नदेखेर श्रमका लागि बाध्यताबश बिदेश जानु पर्ने अवस्थाका सहरी युवालाई सहभागी गराइनेछ ।

‘काठमाडौंबाहिरबाट आएका हजारौं व्यक्तिले यहाँ राम्रो आयआम्दानी गरिरहेका छन् भने यहीँका युवाले कमाउन नसक्ने होइन’ प्रमुख शाक्यले भने, ‘सोच भएका तर कसरी गर्ने भनेर अलमल्लमा परेका युवालाई बाटो देखाउने कार्यक्रमको मुख्य उद्देश्य हो ।’ यसका लागि महानगरले लगानी गर्छ र आवश्यकता अनुसार क्रमशः लगानी साझेदारिता बढाउँदै लैजान सकिनेछ ।

कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले सानातिना उद्यमशील प्रयासबाट सहरमा ठूलो प्रभाव ल्याउन सक्ने बताए । नेपालबाट युवा पलायन हुँदा बौद्धिक पलायन मात्र होइन, यसबाट देशको आय उर्जामा पनि कमी आइरेकाले यस्ता कार्यक्रमहरुको अपरिहार्य रहेको बस्नेतको भनाइ छ ।

सहरी योजना आयोगका सदस्य डा. कीर्ति कुसुम जोशीअनुसार कार्यक्रम सञ्चालनमा आइसकेपछि बाध्य भएर बिदेश जानु पर्ने अवस्थामा कमी आउनेछ । निश्चित अवधिमा आफू रोजगार बन्ने र अरुलाई रोजगारी दिने गरी युवालाई प्रोत्सााहन हुने गरी कार्यक्रम सञ्चालन हुनेछ । उहाँका अनुसार आगामी साढे २ बर्षभित्र कम्तीमा ५ वटा उद्यम सञ्चालन हुनेछन् ।

सम्झौतापछिको प्रतिक्रियामा आवासीय प्रतिनिधि लबेले स्थानीय स्तरमा उपलब्ध तर बजार भाउ नपाएका सामान तथा बस्तुलाई बिक्री योग्य बनाउने र उत्पादिन सामानलाई बजारको पहुँचमा पु¥याउने लक्ष्यसहित यो कार्यक्रममा युएनडिपि सहभागी भएको हो । कम लागतमा गुणस्तरीय बस्तु उत्पादन, ढुवानी, भण्डारण र वितरण व्यवस्थाका लागि युवालाई प्रोत्साहित गर्नुपर्छ, लबेको भनाइ थियो ।

यस्तो छ प्रक्रिया

सम्झौताबमोजिम शुरुवातमा कार्यक्रम सञ्चालनको बिधि तथा प्रक्रिया, सहभागी युवा छनौट प्रक्रिया, यसको दिगोपनाजस्ता बिषयमा अध्ययन र कार्यक्रम सञ्चालन ढाँचा तयार पारिनेछ ।

‘नविन सोच निर्माण र कार्यान्वयन’ का लागि संयुक्त लगानीबाट हुने काम, आफ्ना—आफ्नै लगानीबाट सञ्चालन हुने काम, साझा कार्यक्रमको कार्यक्षेत्रजस्ता बिषय पहिचान अहिले गरिनेछ काम हुन् । छनौट गरिएका कार्यक्रमबाट अधिकतम लाभ लिन कार्यक्षेत्र र मार्गनिर्देशन तयार पार्ने बिषय अहिले सम्झौता पत्रमा उल्लेख छ । यही आधारमा साझेदारिता अघि बढ्नेछ ।

कार्यक्रममा सहभागी गराइने युवालाई व्यापार अनुसन्धान, लगानीको क्षेत्र र जोखिम, एकल र संयुक्त लगानी, व्यापार प्रबर्धन र सञ्जालीकरण, व्यापारिक कोण, व्यापार गर्दा अबलम्बन गर्नुपर्ने कर सम्बन्धि जानकारी, व्यापारमा प्रबिधिको प्रयोग, व्यापारिक कार्यमा प्राप्त हुने अनुदान रकम र यसको व्यवस्थापन जस्ता बिषमया तालिम दिइनेछ । यसबाट सहभागीहरु उद्यमशील बन्न प्ररित हुने कार्यक्रम सञ्चालनको आधार बनाइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  २ : १७ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी