महंगोमा नकिन्नुस् प्याज, यसरी सजिलै सकिन्छ कौसीमै उमार्न « Khabarhub

महंगोमा नकिन्नुस् प्याज, यसरी सजिलै सकिन्छ कौसीमै उमार्न


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मूल्य बढेसँगै धेरैका भान्सामा प्याज पाक्न छोडिसकेका छन् । मुल्यमा उत्तरचढाव आएसँगै उपभोक्ताहरु हैरान भएका छन् । तर घरमै बसि बसि कौशीमा वा खाली स्थानमा प्याज लगायन सकिन्छ नि । न त मुल्यको चिन्ता न त अभावको ।

सामान्यतया बिऊ जमाएर नयाा बिरुवा हुर्काएर प्याज फलाइन्छ । यसरी प्याज फलाउदा हरियो प्याजको समेत प्रयोग गर्न सकिन्छ। तर, बिरुवा नपाउँदा हरियो प्याज हुर्काउन समस्या परेको पनि हुन सक्छ। बिरुवा नपाउदा पनि यसरी हरियो प्याज तयार गर्न सकिन्छ नि

पुरानो प्याजको गानो नै रोपेर पनि हरियो प्याज तयार गर्न सकिन्छ ।

पसलबाट किनेर ल्याउदा प्राय ठुला आकारका प्याज हुन्छन । हरियो पातका लागि ठुला–ठुला आकारका प्याज रोप्दा निकै खर्च हुन्छ। त्यसैले भान्सामा प्याज प्रयोग गर्दा भित्रको गुभो छुट्याउने र बाँकी बाहिरी भागलाई माटोमा रोपेर पनि हरियो प्याज हुर्काउन र प्रयोग गर्न सकिन्छ।

यस्ता छन् विधिहरु

भान्छमा ३–४ दिनसम्म प्याजको भित्री गुभो संकलन गर्ने र तिनिहरुलाई केहि ओसिलो ठाउमा राख्ने।

१०–१५ वटा जम्मा भइसकेपछि तिनिहरुलाई एकै पटक लगाउन सकिन्छ।

कसरी लगाउने प्याज ?
–खुकुलो र मलिलो माटो तयार गर्ने।
–माटोको गहिराई ६ ईन्च जति बनाउने ।
–संकलन भएको प्याजको गुभोलाई तल जरा हुने गरि माटोको सतह मिल्ने गरी रोप्ने।
–रोपेको १०–१२ दिनमा प्याजमा नयाँ टुसा आउन सुरु हुन्छ।

यसरी टिप्नुस् हरियो पात

–प्याजको पात टिप्दा पुरानो प्याजको पात चुड्नु वा काट्नु पर्छ।
–सेकसम्मपात टिप्दा कैचिको प्रयोग गर्न सके झन राम्रो हुन्छ।
–यसले प्याजको बोट र नयाँ पातमा नोक्सानी हुन पाउदैन ।
यसरी नियमित हरियो प्याज प्रयोग गरिसेके पछी केहि हप्तामा प्याजका पुरै पात लाई हुर्किने गरी छाडिदिने हो भने ति पुराना प्याजका गानामा नयाँ प्याज पनि तयार हुन्छन।
यसरी उम्रिएको प्याज ३० दिनमा प्रयोग गर्न योग्य हुने गरी तयार हुन्छन ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  २ : २३ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा