महंगोमा नकिन्नुस् प्याज, यसरी सजिलै सकिन्छ कौसीमै उमार्न « Khabarhub

महंगोमा नकिन्नुस् प्याज, यसरी सजिलै सकिन्छ कौसीमै उमार्न


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मूल्य बढेसँगै धेरैका भान्सामा प्याज पाक्न छोडिसकेका छन् । मुल्यमा उत्तरचढाव आएसँगै उपभोक्ताहरु हैरान भएका छन् । तर घरमै बसि बसि कौशीमा वा खाली स्थानमा प्याज लगायन सकिन्छ नि । न त मुल्यको चिन्ता न त अभावको ।

सामान्यतया बिऊ जमाएर नयाा बिरुवा हुर्काएर प्याज फलाइन्छ । यसरी प्याज फलाउदा हरियो प्याजको समेत प्रयोग गर्न सकिन्छ। तर, बिरुवा नपाउँदा हरियो प्याज हुर्काउन समस्या परेको पनि हुन सक्छ। बिरुवा नपाउदा पनि यसरी हरियो प्याज तयार गर्न सकिन्छ नि

पुरानो प्याजको गानो नै रोपेर पनि हरियो प्याज तयार गर्न सकिन्छ ।

पसलबाट किनेर ल्याउदा प्राय ठुला आकारका प्याज हुन्छन । हरियो पातका लागि ठुला–ठुला आकारका प्याज रोप्दा निकै खर्च हुन्छ। त्यसैले भान्सामा प्याज प्रयोग गर्दा भित्रको गुभो छुट्याउने र बाँकी बाहिरी भागलाई माटोमा रोपेर पनि हरियो प्याज हुर्काउन र प्रयोग गर्न सकिन्छ।

यस्ता छन् विधिहरु

भान्छमा ३–४ दिनसम्म प्याजको भित्री गुभो संकलन गर्ने र तिनिहरुलाई केहि ओसिलो ठाउमा राख्ने।

१०–१५ वटा जम्मा भइसकेपछि तिनिहरुलाई एकै पटक लगाउन सकिन्छ।

कसरी लगाउने प्याज ?
–खुकुलो र मलिलो माटो तयार गर्ने।
–माटोको गहिराई ६ ईन्च जति बनाउने ।
–संकलन भएको प्याजको गुभोलाई तल जरा हुने गरि माटोको सतह मिल्ने गरी रोप्ने।
–रोपेको १०–१२ दिनमा प्याजमा नयाँ टुसा आउन सुरु हुन्छ।

यसरी टिप्नुस् हरियो पात

–प्याजको पात टिप्दा पुरानो प्याजको पात चुड्नु वा काट्नु पर्छ।
–सेकसम्मपात टिप्दा कैचिको प्रयोग गर्न सके झन राम्रो हुन्छ।
–यसले प्याजको बोट र नयाँ पातमा नोक्सानी हुन पाउदैन ।
यसरी नियमित हरियो प्याज प्रयोग गरिसेके पछी केहि हप्तामा प्याजका पुरै पात लाई हुर्किने गरी छाडिदिने हो भने ति पुराना प्याजका गानामा नयाँ प्याज पनि तयार हुन्छन।
यसरी उम्रिएको प्याज ३० दिनमा प्रयोग गर्न योग्य हुने गरी तयार हुन्छन ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  २ : २३ बजे

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध