स्वास्थ्यमन्त्री बन्दै डाक्टर संगीता कौशल मिश्रा « Khabarhub

स्वास्थ्यमन्त्री बन्दै डाक्टर संगीता कौशल मिश्रा


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डाक्टर संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्री बन्ने भएकी छन् । उनको नाम स्वास्थ्यमन्त्रीका लागि फाइनल भएको प्रधानमन्त्री सुशीला कार्कीनिकट जेन-जी अनिल बानियाँले जानकारी दिए ।

बानियाँका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन निश्चित भएका छन् । उता सञ्चार सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेलको नाम फाइनल भएको छ।

मिश्रा यसअगाडि स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिवका रुपमा कार्यरत थिइन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्ति गरेपछि उनी असन्तुष्ट थिइन्।

तर जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिएलगत्तै उनी मन्त्रालय पुगेकी थिइन् ।

यसअगाडि डाक्टर भगवान कोइराला र डा. सन्दुक रुइतले स्वास्थ्य मन्त्रालय लिन अस्वीकार गरेका थिए । त्यसपछि तेस्रो रोजाइमा मिश्रलाई स्वास्थ्यको जिम्मेवारी दिन लागिएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : ५५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको