स्वास्थ्यमन्त्री बन्दै डाक्टर संगीता कौशल मिश्रा « Khabarhub

स्वास्थ्यमन्त्री बन्दै डाक्टर संगीता कौशल मिश्रा


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डाक्टर संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्री बन्ने भएकी छन् । उनको नाम स्वास्थ्यमन्त्रीका लागि फाइनल भएको प्रधानमन्त्री सुशीला कार्कीनिकट जेन-जी अनिल बानियाँले जानकारी दिए ।

बानियाँका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन निश्चित भएका छन् । उता सञ्चार सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेलको नाम फाइनल भएको छ।

मिश्रा यसअगाडि स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिवका रुपमा कार्यरत थिइन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्ति गरेपछि उनी असन्तुष्ट थिइन्।

तर जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिएलगत्तै उनी मन्त्रालय पुगेकी थिइन् ।

यसअगाडि डाक्टर भगवान कोइराला र डा. सन्दुक रुइतले स्वास्थ्य मन्त्रालय लिन अस्वीकार गरेका थिए । त्यसपछि तेस्रो रोजाइमा मिश्रलाई स्वास्थ्यको जिम्मेवारी दिन लागिएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : ५५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको