मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो « Khabarhub

मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– दिवङ्गत पितृ उद्धारका लागि प्रसिद्ध मानिएको यहाँको धार्मिक तीर्थस्थल कागबेनीधाममा यसवर्ष तीर्थालुको आगमन घटेको छ । दसैँपर्व अघि सोह्रश्राद्ध सुरु भएसँगै भक्तजनको आगमन बढ्ने गरेकामा देशमा उत्पन्न विषम परिस्थितिका कारण धार्मिक तीर्थालुको सङ्ख्या घटेको हो ।

दामोदरकुण्डबाट बग्ने काली नदी र मुक्तिनाथबाट बग्ने गण्डकी नदीको सङ्गमस्थल कागबेनीधाममा दिवङ्गत पितृको उद्धार गर्न तथा पितृलाई खुसी राख्न यहाँ धार्मिक तीर्थालुहरू आउने गर्दछन् । तीर्थालुले पिण्डदान, सिदादान, तर्पण दिएर श्राद्ध गर्ने प्रचलन छ । 

कालीगण्डकी नदीको दोभान कागबेनी तटमा स्नान गरी पूजारीबाट धार्मिक पूजापाठ गरी पितृको नाममा श्राद्ध गर्ने प्रचलन रहेको छ । यहाँ आएर श्राद्ध गर्नाले पितृ खुसी हुन्छन् भन्ने हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।

गत वर्षको ‍औँसी तिथिमा एकैदिन २० हजार बढी तीर्थालुले कागबेनीमा श्राद्ध गरेका थिए । यसवर्ष त्यो सङ्ख्या ८० प्रतिशतले घटेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार औँसी तिथिको अघिल्लो दिन शनिबार म्याग्दी हुँदै सडकमार्गबाट चार हजार एघार जना धार्मिक तीर्थालु मुस्ताङ भित्रिएका छन् । योसङ्ख्या गतवर्षको बडादशैँअघिको औँसीको भन्दा ८० प्रतिशतले कम रहेको प्रहरी निरीक्षक विशाल खत्रीले जानकारी दिए ।

प्रहरी निरीक्षक खत्रीका अनुसार औँसीको अघिल्लो दिन तीन हजार ८९९ जना स्वदेशी र एक सय १२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । यहाँ औँसीको अघिल्लो दिन पाँच सय ७२ वटा सवारीसाधन मुस्ताङ भित्रिएका प्रहरी निरीक्षक खत्रीले उल्लेख गरे  ।

यसवर्षको बडादसैँ अघिको प्रतिपदादेखि सुरु भएको पितृपक्ष (सोह्र श्राद्ध)को अन्तिम दिनसम्म मुस्ताङमा सडकमार्ग हुँदै कूल नौ हजार ५२ जना धार्मिक तीर्थालु भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

यसैगरी यसअवधिमा सार्क राष्ट्रबाट दुई हजार २१६ जना विदेशी यहाँ आएका प्रहरी निरीक्षक खत्रीले जानकारी दिए । उनका अनुसार स्रोहश्राद्ध अवधिमा दुई हजार ६३६ वटा सवारीसाधन भित्रिएका थिए ।

गतवर्ष सोह्रश्राद्धको १६औँं दिनसम्ममा पचासौँ हजार धार्मिक तीर्थालुले मुस्ताङको कागबेनीमा आएर पितृको श्राद्ध गरेका थिए । विगतका वर्षको तुलनामा यसवर्ष कागबेनीमा औँसी नुहाउन एकदमै कम तीर्थालु आएका कागबेनीमा पूजारी ईश्वर रेग्मीले बताए । देशमा उत्पन्न परिस्थितिका कारण कागबेनीमा भक्तजनको आगमनसँगै रौनक घटेको उनको भनाइ छ । 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : ४६ बजे

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा