वैदेशिक रोजगारपीडित पत्नीको प्रश्न– मेरो श्रीमान कसले खोजीदिन्छ ? « Khabarhub

वैदेशिक रोजगारपीडित पत्नीको प्रश्न– मेरो श्रीमान कसले खोजीदिन्छ ?


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १० वर्षअघि वैदेशिक रोजगारीमा मलेसिया गएका सिन्धुलीका शहकुल राई २ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । २ वर्ष अघिसम्म श्रीमतीसँग नियमित फोन गरिरहने राई एक्कासी ‘हराए’ ।

शहकुल सम्पर्कमा नआएपछि उनकी श्रीमती सविता राई अहिले श्रीमानको खोजीका लागि भन्दै विभिन्न संघसंस्थामा धाइरहेकी छिन् ।

दुई वर्षदेखि हराएका श्रीमानको खोजीका लागि हालै मात्र प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)मा निवेदन दिएको सविताले सुनाइन् ।

‘२ वर्षअघिसम्म श्रीमानसँग सम्पर्क थियो । अन्तिममा एक पटक भिडियो कलमा कुरा भएको थियो । त्यसपछि सम्पर्क नै हरायो । मलेसियामा रहेका चिनजानका सबैसँग श्रीमानका बारेमा सोधी खोजी गरे कसैले भेटेको भन्दैनन्,’ सविताले सुनाइन्, ‘श्रीमान नहुँदा परिवारको बिचल्ली भएकाे छ, साथमा भएका छोराछोरी कसरी हुर्काउनु ? आफ्नो कमाई छैन । मेरो त बिजोक भयो । श्रीमान कसले खोजी दिन्छ ?’

सविताको निवेदनपछि प्रवासी नेपाली समन्वय समितिले शहकुलको खोजी शुरु पनि गर्‍यो । तर, शहकुल भने अर्कै (विदेशी) युवतीसँग विवाह गरेर बसेका पाइएको छ ।

साथमा १२ वर्षीया छोरी ल्याएर काठमाडौं आएकी सविता भने श्रीमान शहकुललाई जसरी पनि नेपाल झिकाइदिन हारगुहार गरिरहेकी छन् ।

गोरखा घर भइ वैदेशिक रोजगारीका लागि साउदी रहेका गणेश गुरुङ पनि ६ महिनादेखि परिवारको सम्पर्कमा छैनन् । ६ वर्ष अगाडि लक्की सोलुशन प्रालिबाट साउदीको मोहरा एचआर कम्पनीमा रोजगारीका लागि गएका गणेश सडक दुर्घटनामा परेको अपुष्ट खबर पत्नी मञ्जु गुरुङले पाएकी थिइन् ।

श्रीमान सडक दुर्घटनामा परेको खबर पाएदेखि मञ्जु विभिन्न निकायमा धाइरहेकी छन्– गणेशको अवस्थाबारे जानकारी लिन । तर, कुनै पनि निकायबाट उनले आफ्ना पतिको वास्तविक अवस्थाबारे जानकारी पाउन सकेकी छैनन् ।

‘श्रीमान् सडक दुर्घटनामा परेको खबर आयो । केहीले उहाँको निधन भइसकेको पनि सुनाए । उहाँसँगै काम गर्ने उहाँका साथीहरुसँग कतिपटक सोधे तर, कसैले केही भन्दैन्,’ श्रीमानको खोजीमा काठमाडौं आइपुगेकी मञ्जुले सुनाइन्, ‘अब मैले मेरो श्रीमान् कहाँ गएर खोज्ने ?’

पीएनसीसीले आप्रवासी दिवसको अवसरमा हराएका श्रमिकसम्बन्धी गरेको कार्यक्रममा सविता र मञ्जुले यस्तो दुखसो पोखेका थिए । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका पुरुष हराउन गर्ने क्रम बढ्दै गएपछि न्याय खोज्न विभिन्न संघसस्था धाउने महिलाको संख्या पनि बढेको (पीएनसीसी)ले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीका क्रममा ३ सय ८८ जना कामदारको परिवारले खोजी गरिदिन भन्दै आवेदन दिएका पीएनसीसीले जनाएको छ । यसरी हराउनमा पुरुष धेरै रहेका छन् ।

मलेसियामा गएका धेरै पुरुष हराउने गरेको पीएनसीसीले जानकारी दिएको छ । सवैभन्दा धेरै नवलपरासीबाट हराएको उजुरी आएको पीएनसीसीले जनाएको छ । पीएनसीसीले ५ वर्षको अवधिमा ५ हजार निवेदन वैदेशिक रोजगारसम्बन्धी आएको जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  २ : ५८ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को