बोर्ड अध्यक्ष भट्टराई र कलाकार दीपक क्षेत्रीको अन्तिम श्रद्धाञ्जली « Khabarhub

बोर्ड अध्यक्ष भट्टराई र कलाकार दीपक क्षेत्रीको अन्तिम श्रद्धाञ्जली


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ कलाकार दीपक क्षेत्रीप्रति कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सोमवार चलचित्र विकास बोर्डमा राखिएको श्रद्धाञ्जली सभामा पुगेर कलाकार, विभिन्न संघमा आवद्ध फिल्मकर्मी तथा अन्य व्यक्तित्वले भट्टराई र क्षेत्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

श्रद्धाञ्जलीपछि क्षेत्री र भट्टराईको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति आर्यघाटमा लागि लगिएको थियो । सरकारले पशुपति आर्यघाटमा भट्टराईलाई राष्ट्रिय सम्मान समेत दिएको थियो ।

बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीले अध्यक्ष भट्टराईलाई राष्ट्रिय झण्डा ओढाइएको जानकारी दिए । भट्टराईलाई नेपाल कम्युनिष्ट पार्टीको झण्डा समेत ओढाइएको थियो ।

यद्यपि दुवै कलाकारको पार्थिव शरीरलाई एक ठाउँ राखेर सलामी दिइएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको गएराति हृदयाघातका कारण निधन भएको थियो । अर्का कलाकार दीपक क्षेत्रीको शनिवार आफ्नै निवासमा निधन भएको थियो ।

भट्टराई र क्षेत्रीलाई श्रद्धाञ्जली दिनका लागि उल्लेख्य मात्रामा फिल्मकर्मी उपस्थित भएका थिए ।

नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल सरकारका तर्फबाट कलाकारलाई श्रद्धाञ्जली दिएका थिए ।

यता चलचित्र विकास बोर्डले पनि एक शोक विज्ञप्ति जारी गर्दै बोर्ड अध्यक्षको असामयिक निधन हुँदा चलचित्र क्षेत्र र बोर्डलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ५ : ०८ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेलले दोहोर्याए पारदर्शीताप्रति प्रतिबद्धता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको