फागुन ३० मा रिलिज हुने भयो ‘नीरफूल’ « Khabarhub

फागुन ३० मा रिलिज हुने भयो ‘नीरफूल’


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राईको फिल्म ‘नीरफूल’ फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाइको कारण फागुनमा सरेको निर्माण टिमले जनाएको छ ।
फूलमान वलद्वारा निर्देशित यो फिल्म भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित छ ।
फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । यो फिल्म गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको छ ।
निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत् भूकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए ।
साथै रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा देख्न सकिने उनले भने । पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् ।
फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको छ । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम छिन् ।
यस्तै फिल्ममा माया केसी, दिपक श्रेष्ठ, चन्द्रमाया तामाङ, उदय लामा, रोज लामा, दिनेश लम्तरी मगर,  दिजेश श्रेष्ठ, तेन्जिन सोनाम  लामा, गणेश थापा, अशोक थापा र विके श्रेष्ठको संयुक्त लगानी छ ।
फिल्ममा अर्जुन पोखरेलको संगीत, प्रमोद कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ५ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै