ए डिभिजन लिगः च्यासल युथ क्लबको विजयी शुरुवात « Khabarhub

ए डिभिजन लिगः च्यासल युथ क्लबको विजयी शुरुवात


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले विजयी सुरवात गरेको छ।

सोमबार लिगको पहिलो खेल दशरथ रंगशालामा च्यासल र संकटाबीचको खेल भएको थियो। जसमा च्यासलले संकटामाथि २-० गोलको जित हात पारे।

च्यासलका लागि लामो समयदेखि जापान बस्दै आएका सन्तोष साउखलले गरेका हुन् । उनले खेलको ४१ औं मिनेट र ८४ औं मिनेटमा गोल गरेका हुन्।

लक्ष्मण रुचालले ८० औ‍ं मिनेटमा केही मिनेटको अन्तरमा दुई पहेलो कार्ड भएपछि संकटा १० खेलाडीमा सिमित भएको थियो। लक्ष्मणले च्यासलका नितिन थापालाई फाउल गरेका थिए।

यो सिजनमा लक्ष्मणले खाएको रातो कार्ड पहिलो हो। च्यासलविरुद्व संकटाका सुभाष गुरुङले ७८ औं मिनेटमा पेनाल्टी क्षेत्रबाट गरेको प्रहार च्यमसलका गोल रक्षक एलेन न्यौपानेले बचाएका थिए।

संकटाविरुद्व दुई गोल गरेका सन्तोष साउखल जारी लिगको तीन खेल सकिँदा दुई गोल गर्ने पहिलो खेलाडी बने। २०७० को ए डिभिजन लिग पछि आज पहिलो पटक दशरथ रंगशालामा लिग भएको हो। ६ बर्षपछि रंगशालामा फर्किएको लिगले पहिलो खेलमा भने खासै दर्शकको साथ पाएन।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ६ : १९ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा