ए डिभिजन लिगः च्यासल युथ क्लबको विजयी शुरुवात « Khabarhub

ए डिभिजन लिगः च्यासल युथ क्लबको विजयी शुरुवात


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले विजयी सुरवात गरेको छ।

सोमबार लिगको पहिलो खेल दशरथ रंगशालामा च्यासल र संकटाबीचको खेल भएको थियो। जसमा च्यासलले संकटामाथि २-० गोलको जित हात पारे।

च्यासलका लागि लामो समयदेखि जापान बस्दै आएका सन्तोष साउखलले गरेका हुन् । उनले खेलको ४१ औं मिनेट र ८४ औं मिनेटमा गोल गरेका हुन्।

लक्ष्मण रुचालले ८० औ‍ं मिनेटमा केही मिनेटको अन्तरमा दुई पहेलो कार्ड भएपछि संकटा १० खेलाडीमा सिमित भएको थियो। लक्ष्मणले च्यासलका नितिन थापालाई फाउल गरेका थिए।

यो सिजनमा लक्ष्मणले खाएको रातो कार्ड पहिलो हो। च्यासलविरुद्व संकटाका सुभाष गुरुङले ७८ औं मिनेटमा पेनाल्टी क्षेत्रबाट गरेको प्रहार च्यमसलका गोल रक्षक एलेन न्यौपानेले बचाएका थिए।

संकटाविरुद्व दुई गोल गरेका सन्तोष साउखल जारी लिगको तीन खेल सकिँदा दुई गोल गर्ने पहिलो खेलाडी बने। २०७० को ए डिभिजन लिग पछि आज पहिलो पटक दशरथ रंगशालामा लिग भएको हो। ६ बर्षपछि रंगशालामा फर्किएको लिगले पहिलो खेलमा भने खासै दर्शकको साथ पाएन।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ६ : १९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन