आरटीजीएस प्रणालीमा जोडिए २४ कमर्सियल बैंक « Khabarhub

आरटीजीएस प्रणालीमा जोडिए २४ कमर्सियल बैंक


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

आरटीजीएसलाई सहयोग गर्दै २४ कमर्सियल बैंकहरुलाई उक्त प्रणाली जडान गरेको जानकारी दिएको छ । अधिकांश बैंकहरुले आरटीजीएस कार्यान्वयनका लागि नेपाल किल्यरिङ हाउस (एनसीएचएल) लाई इन्टिग्रेसन पार्ट्नरको रुपमा नियुक्त गरेको थियो ।

जसअन्तर्गत इन्वार्ड, आउटवार्ड र रिपोर्टिङ्गका लागी आवश्यक सिस्टमहरु त्था बैंकहरुलाई स्वसंचालन सम्बन्धी सहयोग एनसीएचएलले गरेको बैकले जनाएको छ । आरटीजीएस प्रणालीमा भुक्तानी कारोबारहरु प्रविष्ट गर्न तथा बैंकको बैंकिङ्ग सिस्टमसँग अटोमेटेड गर्न बैंकहरुलाई गेटवेको रुपमा प्रयोग गर्ने छन् ।

उक्त प्रणाली पहिलो चरणमा क वर्गका बैंकहरुका लागि प्रदान गरिएको छ भने नेपाल राष्ट्र बैंकबाट स्विकृती पश्चात यसलाई ख तथा गव र्गका वित्तिय संस्थाहरुलाई पनि उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरु, गैर–बैंकिङ सदस्यहरु जस्तै सरकारी तथा अर्धसरकारी संस्था, पीएसपी र पीएसओ र अन्य सेवाप्रदायकहरुलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरुको स्थापना तथा सञ्चालनमार्फत समग्र बैकिङ्ग क्षेत्रमा सहयोग गुराउदै आएको छ ।

आरटीजीएस प्रणालीमार्फत ठूलो मूल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तिय संस्थाहरुबीच गरिन्छ । आरटीजीएस प्रणाली सामान्यतया तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्न  प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ ।

नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको आरटीजीएस प्रणालीलाई नेपालमा भुक्तानी प्रणाली क्षेत्रको लागि एक महत्वपूर्ण कोशेढुङगाको रुपमा लिइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : १२ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि