इनरुवा–काकडभिट्टा रेलमार्गको ईआईए प्रतिवेदनमाथि सार्वजनिक सुनुवाइ | Khabarhub Khabarhub

इनरुवा–काकडभिट्टा रेलमार्गको ईआईए प्रतिवेदनमाथि सार्वजनिक सुनुवाइ


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा- पूर्वपश्चिम रेलमार्ग अन्तर्गत निर्माण हुन लागेको इनरुवा–काकडभिट्टा रेल लाइन र इटहरी–विराटनगर रेलवे लिङ्क आयोजना निर्माणका लागि आज इटहरीमा वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन (ईआईए) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रेल विभागले आयोजना गरेको सो सार्वजनिक सुनुवाइ कार्यक्रममा रेलमार्ग निर्माण सम्पन्न गर्न ९० अर्ब रकम लाग्ने रेल विभागका इञ्जिनीयर सुमोद पोखरेलले जानकारी दिए ।

दुई सय किलोमिटर प्रति घण्टाको गतिमा कुद्ने प्रस्तावित रेलमार्गको करीब १०६.५९ किमी लम्बाइ र ७.५ मिटर चौडाइ हुनेछ । मार्गरेखासँगै सानो ठूलो पुलको सङ्ख्या ३४ रहेका छन् । सो रेलमार्ग निर्माण गर्दा १० देखि १२ मिटरको उचाइमा निर्माण गरिने छन् । रेलवे सञ्जाल विस्तारमा यस क्षेत्रमा ११ रेल स्टेशन बनाउने लक्ष्यसमेत रहेको छ ।

पूर्वपश्चिम राजमार्ग भन्दा सो रेलमार्ग दुईदेखि अढाइ किलोमिटर दक्षिणबाट निर्माण हुने भएकाले रेल लाइन स्टेशन निर्माण गर्दा मानव बस्ती, उत्पादनमूलक जग्गा जमीन पर्नेबारेमा पनि सो अवसरमा जानकारी गराइएको थियो । वातावरण विज्ञद्वय रिकेश चित्रकार तथा अभिषेक विसीले आयोजना सम्पन्न गर्न सो क्षेत्रमा खेतीयोग्य जमीन करीब ५१२ हेक्टर, जलकोे क्षेत्र ५३.६१ हेक्टर र बस्तीको जग्गा तीन हजार ३०० हेक्टर जमीन प्रयोग हुने बताए ।

इनरुवा–काँकडभिट्टा खण्ड र इटहरी–विराटनगर रेलवे विस्तार गर्दा सुनसरीका भोक्राहा गाउँपालिकाका ५ र ७, इनरुवा नगरपालिकाका २, ४, ५, ७ र ९ र इटहरी उपमहानगरपालिकाका ७, १०, ११, १२, १४, १५ र १६ नं वडा प्रभावित हुने बताइएको छ । सो क्षेत्रमा पर्ने सम्पूर्ण जग्गा जमीनको नेपाल सरकारले मुआब्जा उपलब्ध गराउनेसमेत सो अवसरमा जानकारी दिइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : ५८ बजे

साउनमा धार्मिक आस्था र श्रृङ्गारको रौनक

धरान– धरान उपमहानगरपालिका–१४ की रमा नेपाली बिहीबार बिहानै हरियो चुरा

पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ

राष्ट्रिय डेङ्गी सचेतना अभियान सुरु 

काठमाडौं– सरकारले घोषणा गरेको राष्ट्रिय डेङ्गी सचेतना अभियान बिहीबारदेखि सुरु

हत्या गरेको आरोपमा एक जना पक्राउ

इलाम– माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको

धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सुरु