सिरहा मालपोतका कार्यालय प्रमुख मण्डलविरुद्ध आरोपपत्र दायर « Khabarhub

सिरहा मालपोतका कार्यालय प्रमुख मण्डलविरुद्ध आरोपपत्र दायर


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सिरहा मालपोतका निमित्त कार्यालय प्रमुख रामबाबु मण्डलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख मण्डलविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाको सिलसिलामा ‘सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने’ निर्णयसहितको कागजात उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग रु पाँच लाख घुस लिएको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

अधिकृत मण्डललाई घुस रकम बराबर बिगो माग दाबी गर्दै आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १० : ३० बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई