सिरहा मालपोतका कार्यालय प्रमुख मण्डलविरुद्ध आरोपपत्र दायर « Khabarhub

सिरहा मालपोतका कार्यालय प्रमुख मण्डलविरुद्ध आरोपपत्र दायर


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सिरहा मालपोतका निमित्त कार्यालय प्रमुख रामबाबु मण्डलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख मण्डलविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाको सिलसिलामा ‘सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने’ निर्णयसहितको कागजात उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग रु पाँच लाख घुस लिएको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

अधिकृत मण्डललाई घुस रकम बराबर बिगो माग दाबी गर्दै आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १० : ३० बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको