दुर्घटना न्यूनीकरणको उपाय अपनाउन मुख्यमन्त्री पौडेलको निर्देशन « Khabarhub

दुर्घटना न्यूनीकरणको उपाय अपनाउन मुख्यमन्त्री पौडेलको निर्देशन


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्र दिनहुँजसो भइरहेको सवारी दुर्घटना न्यूनीकरणका लागि पहल थाल्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री पौडेलले आज सरोकारवालाको विशेष बैठक बोलाएर सवारी दुर्घटनामा परी दिनहुँ मान्छे मारिँदा र घाइते भइरहँदा सरकार चुप लागेर बस्न नसक्ने भन्दै तत्काल रोकथामका उपाय अपनाउन निर्देशन दिएका हुन् ।

बैठकमा प्रदेशसभा सदस्य दीपक निरौलाले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था कार्यालय तथा ट्राफिक प्रहरी र सडक डिभिजन कार्यालय समेतको तालमेलमा विशेष पहल गरिनुपर्ने बताए।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले प्रदेश ३ को राजधानी हेटौँडा र अन्य जिल्लामा बढिरहेको दुर्घटना कम गर्न विशेष कार्यदल गठन गरेर रायसुझाव लिइने बताए ।

प्रदेश–३ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले पुरानो गाडी नियन्त्रण गरेर तथा सिट क्षमता भन्दा बढी यात्रु बोक्न नदिएर दुर्घटनालाई कम गर्न प्रहरी लागिपरेको बताए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह र प्रदेश ३ ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख जीतेन्द्रकुमार बस्नेतले सडकको खराबी, सवारी चाप तथा लामो दूरीमा सवारी चालक परिवर्तन गरिनुपर्ने नियमको पूर्णरुपमा कार्यान्वयन गराउन नसकिँदा दुर्घटनाका घटनामा वृद्धि भएको उल्लेख गरे ।

यसैबीच, सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाप्रति प्रदेश– ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले दुःख व्यक्त गरेका छन् ।

शोक सन्देश जारी गर्दै मन्त्री नेपालले दुर्घटनामा परी १५ जनाको ज्यान गएको घटनाले आफू स्तब्ध र मर्माहित भएको बताउँदै दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा मृतकका परिवार तथा आफन्तमा समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ८ : १८ बजे

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष