खुट्टा गन्हाउने समस्याबाट मुक्ति पाउन अपनाउनुस् यी ८ उपाय « Khabarhub

खुट्टा गन्हाउने समस्याबाट मुक्ति पाउन अपनाउनुस् यी ८ उपाय


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसमा खुट्टा गन्हाउने समस्या हुन्छ । यस्तो समस्यालाई साधारण ठानेर मतलब नराख्दा समाजमा लज्जित हुने अवस्था समेत सिर्जना हुन्छ ।

खासमा खुट्टा गन्हाउने समस्या फन्गसका कारणले हुने गर्दछ । खुट्टा तातो भएर पसिना आउदा फन्गस उत्पन्न हुन्छ र खुट्टा गन्हाउन थाल्दछ । यस्तोमा निम्न उपाय अपनाएर यस समस्याबाट राहत पाउन सकिन्छ ।

१. खुट्टा गन्हाउने समस्या भए जुत्ता, मोजा लगाउन बन्द गरी खुट्टालाई खुल्ला राख्नुपर्छ ।
२. मनतातो पानीमा नुन हालेर १० मिनेटसम्म खुट्टालाई डुबाएर राखेमा गन्हाउने समस्या हट्छ ।
३. एक चम्चा खाने सोडालाई तातो पानी मिसाएर मलम बनाई औंलाको कापमा लगाई केहीबेर राखेर सफासंग खुट्टा धोएमा पनि खुट्टा गन्हाउने समस्या हटेर जान्छ ।
४. नुहाउदाँ खुट्टालाई राम्रोसंग भिजाएर ब्रसले खुट्टा सफासंग धोई सुख्खा राखेमा पनि खुट्टा गन्हाउने समस्याबाट मुक्ति मिल्छ ।
५. खुट्टा गन्हाउने मानिसले छालाको जुत्ता लगाउनु हुँदैन । सकेसम्म कपडाको छोटो जुत्ता लगाउनुपर्छ ।
६. जुत्ता लगाउने गर्नु भएको छ भने जुत्ता खोलेपछि त्यसलाई सुकाउने वा हावा आउने स्थानमा राख्नुहोला ।
७. मोजा लगाउने गर्नुभएको छ भने नियमित मोजा धुने बानी बसाल्नुपर्छ ।
८. खुट्टा गन्हाउने समस्या भएका मानिसले सकेसम्म चप्पलको प्रयोग गर्नु नै उत्तम हुन्छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १० : २७ बजे

पुल्चोकको दाउरा थकालीमा आगलागी

काठमाडौं – ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको

लेबनानले हिजबुल्लाहको सैन्य गतिविधिमा लगायो प्रतिबन्ध

लेबनान- लेबनान सरकारले हिजबुल्लाहको सैन्य गतिविधिमा तत्काल प्रतिबन्ध लगाउने निर्णय

एक पटक होइन, आठ पटकसम्म कालोसूचीमा परेका थिए रास्वपा उम्मेदवार साह

काठमाडौं- उम्मेदवारी खारेजीमा परेका किशोरी साह कमल एक पटक नभएर,

घाँसेमैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो

इजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

एजेन्सी – इजरायली सेनाले लेबनानका दर्जनौं स्थानहरूमा मंगलबार नयाँ निकासी