पूर्व एमालेसँग नझुक्ने पूर्व माओवादीको रणनीति « Khabarhub

पूर्व एमालेसँग नझुक्ने पूर्व माओवादीको रणनीति


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा स्थायी कमिटी बैठक जारी रहेका बेला पूर्व एमालेसँग नझुक्ने रणनीतिसहित पूर्वमाओवादी नेताहरुले छलफल गरेका छन् ।

खुमलटारसथित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा सोमबार पूर्वमाओवादी नेताहरुको बैठक बसेको हो ।

स्थायी कमिटी बैठकमा पूर्वमाओवादीका तर्फबाट समान धारणा राखिनुपर्ने प्रस्तावका विषयमा उनीहरुले छलफल गरेका हुन् । स्थायी समिति बैठकका क्रममा पूर्वएमाले समूहसँग नझुक्न उनीहरुले प्रचण्डलाई सुझाव दिएका छन् ।
प्रचण्ड निवासमा बसेको पूर्वमाओवादी नेताहरुको बैठकमा रामबहादुर थापा बादल, हरिवोल गजुरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा लगायत दर्जन बढी नेताहरु बैठकमा सहभागी थिए ।

हाल नेकपाको स्थायी समितिमा पूर्वमाओवादीका तर्फबाट १९ जना नेता छन् । तीमध्ये अधिकांश नेताहरु सोमबार खुमलटार पुगेका थिए ।

बैठकमा नेताहरुले सभामुख पद पूर्वएमालेका लागि छाडिएको बारे जिज्ञासा राखेका थिए । यस विषयमा प्रचण्डले भने सभामुखबारे कुनै सहमति भइनसकेको र सामान्य छलफलको रुपमा मात्रै रहेको प्रतिक्रिया दिएका थिए । सहभागी नेताहरुले प्रत्यक्ष निर्वाचित सांसद र स्थायी समितिमा भएकालाई मात्रै सभामुख बनाउन अडान लिनुपर्ने सुझाव दिएका थिए ।

नेकपा स्थायी कमिटीको चौंथो बैठक दोस्रो दिन आज अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा सुझावसहित आ–आफ्नो धारणा राख्ने क्रम अघि बढेको छ । स्थायी समितिको अर्को बैठक भोलि पुस १ गते बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने जनाइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ९ : ५० बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला