प्रधानमन्त्री भन्छन्– मलाई प्रविधिले बचायो, नत्र अहिले मेरो १२ औं पुण्यतिथि हुन्थ्यो होला « Khabarhub

प्रधानमन्त्री भन्छन्– मलाई प्रविधिले बचायो, नत्र अहिले मेरो १२ औं पुण्यतिथि हुन्थ्यो होला


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पाएको बताएका छन् । शुक्रबार काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समाराहेलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘म आज तपाईंहरुसँग हुनु प्रविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ । नत्र अहिले मेरो १२ औं पुण्यतिथि हुन्थ्यो होला ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

त्यस्तै छोरीको जीवन गर्भमा मात्रै! शीर्षकको समाचारमा छोरा मोहका कारण महिलाले छोरीको भू्रणहत्या गर्ने क्रम बढेको छ। लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भएमा हत्या गरिदिन्छन्। सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन्।

हालै गरिएको एक अध्ययनमा सहभागी महिलामध्ये १७ प्रतिशतलाई अल्ट्रासाउन्ड सेवा प्रदायकले भ्रूणको लिंगबारे बताएका थिए। ‘गर्भमा छोरी रहेको थाहा पाएपछि भ्रूणहत्या गर्ने गरेको पाइयो’, अध्ययनमा संलग्न वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) का निर्देशक आनन्द तामाङले भने। भ्रूणको लिंग पहिचान गर्नु गैरकानुनी हो।

नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गराउँछन्। तीमध्ये ४२ प्रतिशतले मात्र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन गराउँछन्। ५८ प्रतिशत गर्भपतन अवैध हुने गरेको छ।

स्त्री तथा प्रसूति विशेषज्ञ डा. हीरा तुलाधर असुरक्षित तरिकाले गर्भपतन गराउँदा कैयन् महिलाले ज्यान गुमाउने गरेको बताउँछिन्। ‘असुरक्षित गर्भपतन गर्दा कतिपयको स्वास्थ्य अवस्था गम्भीर हुने र कतिको ज्यानसमेत जाने गरेको छ’, डा. तुलाधरले भनिन्।

छोरा जन्माउन महिलाले पूजाआजा र भाकल गर्ने, जडिबुटी बाँध्ने लगायतका उपाय अपनाउने गरेको अध्ययनमा उल्लेख छ। अध्ययनमा सहभागी महिलामध्ये ३० जना अर्थात् झन्डै नौ प्रतिशतले कुनै निश्चित लिंगको बच्चा जन्माउन भाकल (देवताको नाममा जनावरको बलि दिने) गरेको पाइएको छ। तीमध्ये २५ जनाले छोरा जन्मियोस् भनेर भाकल गरेका थिए।

छोरा पाउन पाँचजना महिलाले विशेष पूजा गरेका थिए र तीनजनाले धार्मिक गुरुकहाँ गएर आशीर्वाद लिएको अध्ययनमा उल्लेख छ।

अध्ययन संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा कञ्चनपुर, सुर्खेत, रूपन्देही, कास्की, भक्तपुर र चितवन गरी ६ जिल्लामा गरिएको अध्ययनमा छोरी जन्माउँदा महिलामाथि घरबाटै हिंसा हुने गरेको उल्लेख छ। ‘महिलामाथि छोरा पाउनै आउँदो रहेनछ भन्ने दोष लगाउने गरेको पाइयो’, तामाङले भने।

अध्ययनमा संलग्न महिलाले पति र सासूले छोरा जन्माउन दबाब दिने गरेको बताएका छन्। ती जिल्लाका दसवटा सरकारी स्वास्थ्य संस्था (तीन अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्य चौकी) मा नियमित परीक्षणमा आउने चारदेखि ६ महिनाका गर्भवतीसँग पहिलो चरणको अन्तर्वार्ता गरिएको थियो। पहिलो चरणमा नियमित गर्भ जाँच गर्न आउने २ सय ६० जना गर्भवतीलाई सहभागी गराइएको थियो। दोस्रो चरणमा तीन सय ४९ आठदेखि नौ महिनाका गर्भवतीसँग अन्तर्वार्ता गरिएको थियो।
त्यसै राष्ट्रपति स्वदेश फिर्ता, एसईईमा सात थरीका प्रश्न, सरकार छाड्न फोरमलाई दबाबलगायतका समाचार मुख्य रुपमा प्रकाशित भएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ६ : ३१ बजे

बलिउड कलाकारलाई पनि फापेन राजनीति !

फिल्मी पर्दामा लाखौँ दर्शकको मन जितेका स्टार जब राजनीतिक मैदानमा

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ– पृथ्वी राजमार्ग विस्तारको क्रममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत