सँगै युद्ध लडेकाबाट प्रचण्डलाई सुरक्षा थ्रेट, वरिपरि ५९ सुरक्षाकर्मी परिचालित « Khabarhub

सँगै युद्ध लडेकाबाट प्रचण्डलाई सुरक्षा थ्रेट, वरिपरि ५९ सुरक्षाकर्मी परिचालित


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ। आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए। के दाहाललाई सुरक्षा थ्रेट बढेकै हो त ?

सुरक्षा थ्रेटबारे दाहाल आफैंले पटकपटक बोलेपछि यसबारे सुरक्षा निकायले समेत चासो राख्दै विश्लेषण सुरु गरिसकेका छन्। सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लव समूहबाट नै सबैभन्दा बढी सुरक्षा थ्रेट छ। राष्ट्रिय अनुसन्धान विभागको सूक्ष्म अनुसन्धानबाट विगतमा सँगै युद्ध लडेका तर चरम असन्तुष्ट बनेका समूहबाट नै सुरक्षा थ्रेट रहेको स्रोतले बताएको नागरिक दैनिकमा खबर छ ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार विगतमा आफू नेतृत्वमा रहेको दलबाट फुटेको समूहबाट थ्रेट महसुस गरेपछि दाहालले बाध्य भएर खतरा रहेको अभिव्यक्ति दिएका हुन्। ‘विगतमा सँगै युद्ध लडेका नेत्र विक्रम चन्द र असन्तुष्ट पक्षबाट उहाँलाई थ्रेट छ, यसको मात्रा पनि बढी नै। यसो हुनुका पछाडि विगतमा माओवादी पार्टीप्रति असन्तुष्ट समूह र त्यो समूहलाई परिचालन गर्ने जुनसुकै पक्षबाट पनि उहाँलाई थ्रेट भएको हो’, मन्त्रालय स्रोतले भन्यो, ‘शान्ति प्रक्रियाप्रति असन्तुष्ट समूह नै बढी खतरनाक छ।’

दाहालले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिएलगत्तै सरकारले सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिउपरको सम्भावित सुरक्षा खतरा विश्लेषण गरी आवश्यक सुरक्षा व्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ। गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशेष ध्यान दिनसमेत निर्देशन दिइसकेको छ।

पाँच वर्षअघि दसैंका अवसरमा तत्कालीन एमाओवादीले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीकै कार्यकर्ता पदम कुँवरले दाहाललाई झापड हानेका थिए। त्यसपछि नै सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशेष सतर्कता अपनाएको थियो। पूर्व एमाओवादीका उच्च नेताहरूको हकमा भने सरकारले छुट्टै व्यवस्थासमेत गरेको छ। ‘१० वर्षे सशस्त्र युद्धपछि शान्तिप्रक्रियामा आएका नेताहरुलाई सुरक्षा थ्रेट हुन्छ नै। राज्यले पनि त्यसै अनुसार उनीहरुको सुरक्षा गरेको हुन्छ’, मन्त्रालय स्रोतले भन्यो। स्रोतका अनुसार दाहालको सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ र डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटाइएको छ। ‘अरु पूर्वप्रधानमन्त्रीहरु कसैलाई पनि यो तहको सुरक्षा थ्रेट छैन। दाहाललाई थ्रेट भएरै ५९ जनाको सुरक्षा दस्ता खटाएको हो’, स्रोतले भन्यो।

‘उहाँमाथि थ्रेट भएको विश्लेषण गरिएको छ, अन्य राजनीतिक दलका नेताहरूलाई प्रदान गरिने सुरक्षाभन्दा बलियो संयन्त्र बनाई परिचालन गरिएको छ, द्वन्द्वबाट आएका शक्तिलाई आफ्नै भित्रबाट पनि सुरक्षा थ्रेट हुन सक्छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो।

सुरक्षा निकायका अधिकारीहरूले तत्कालीन एमाओवादीका नेताहरूमाथि थ्रेट विश्लेषण गरी सुरक्षा निगरानीसमेत बढाएका छन्। एमाओवादीबाट फुटेर अहिले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र सो पार्टीबाट पनि फुटेर नेत्रविक्रम चन्दको नेतृत्वमा नेकपा माओवादी गठन भएको छ। अन्य ससाना समूह पनि फुटेर माओवादीबाट अलग भइसकेको र असन्तुष्ट समूह पनि उत्तिकै रहेको अवस्थामा सुरक्षा थ्रेट भएको मन्त्रालय उच्च स्रोतको दाबी छ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ७ : ११ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले