माडीका नौ खोलामा पुल निर्माण शुरु « Khabarhub

माडीका नौ खोलामा पुल निर्माण शुरु


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– बोलपत्र भएको एक वर्षपछि चितवन माडीका नौ पुलको निर्माण कार्य शुरु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले वातावरण प्रभाव मूल्याङ्कन (इआइए) नभएको भन्दै रोक लगाएपछि निर्माण कार्य अलपत्र परेको थियो । एक साताअघि मात्र इआइएको काम टुङ्गिएपछि पुल निर्माणको काम शुरु भएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए ।

“बोलपत्र भएको एक वर्षपछि नौ खोलामा पुल निर्माण शुरु भएको छ”, उनले भने”, अन्य तीन पुलको पनि अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएर आइसकेको छ ।”

भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत पर्ने रिउ, बगर्ई, घाँघर, तुनामुना, परवी, पतरे, रिमाल, बाँदरमुढे र मुगई खोलमा पुल निर्माणका लागि बोलपत्र भएको हो । यस्तै भालु, रतनी र चितही खोलाको पुल निर्माणका लागि एक हप्ताभित्र बोलपत्र आह्वान हुने प्रमुख ढकालले बताउनुभयो । माडीका १२ वटा पुल निर्माणका लागि करीब रु ८२ करोड लागत लाग्ने उनले बताए ।

घाँघर र रिमाल खोलमा पुल निर्माणको काम शुरु भइसकेको छ भने अन्य खोलामा तत्काल काम शुरु हुने हुलाकी राजमार्गअन्तर्गतको योजना कार्यालय वीरगञ्जका निमित्त योजना प्रमुख श्यामनारायण मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  २ : २२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका