निःशुल्क पाइने औषधिमा प्रतिबिरामी ५ सयसम्म उठाइँदै | Khabarhub Khabarhub

निःशुल्क पाइने औषधिमा प्रतिबिरामी ५ सयसम्म उठाइँदै


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले सरकारी अस्पतालमा हुने बेथिति तथा विसंगतिका समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

पत्रिकाले निःशुल्क पाइने औषधि बेच्दै सरकारी अस्पताल शीर्षकमा लुम्बिनी अञ्चल अस्पतालमा रेबेजीको सुईबापत प्रतिविरामी चार देखि पाँच सयसम्म उठाउने गरेको उल्लेख छ । मेडिकल सुररिटेन्डेन्ट डा. कृष्ण खनालले कर्मचारीलई तलब दिन पैसा उठाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमै मलेरियाको निःशुल्क औषधि दुई वर्षदेखि अस्पतालको भण्डारमा रहेको जनाइएको छ । यता सिरहा अस्पतालमा स्लाइन पानी बेटाडिनसमेत नभएको उल्लो गरिएको छ । तर, सरकारी औषधि भने नगरपालिकाको भण्डारमा धन्किएको जनाइएको छ ।

जोखिमपूर्ण रोग परीक्षण गर्ने देशकै एकमात्र ल्याब प्रयोगविहीन शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।

विश्वमै खतरनाक मानिएको भाइरसले निम्त्याउने जोखिमपूर्ण रोग परीक्षणका लागि नौ वर्ष अघि स्थापना गरिएको देशकै एक मात्र उच्चस्तरीय ल्याब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको बायो सेफ्टी लेभल थ्री ल्याव प्राविधिक कर्मचारीको अभावमा नियमित सञ्चालन हुन नसकेको समाचारमा जनाइएको छ ।

त्यस्तै पत्रिकाले नेपाली बालकहरुलाई यौनशोषण गर्ने इयूका पूर्वकर्मचारी पक्राउको अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । क्यानडामा समातिएका पाउल म्याकार्थीको यौनशोषणमा २५ भन्दा धेरै नेपाली बालक परेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ७ : १७ बजे

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं– प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी